modeling workshop in nepal

शिर्ष गीत ‘ए मेरो हजुर ३’को सार्वजनिक

basic photography workshop

नायक अनमोल केसी र सुहाना थापा स्टारर फिल्म ‘ए मेरो हजुर ३’को शिर्ष गीत सार्वजनिक भएको छ । ‘सत्य भन्छु’ बोलको मार्मिक गीतमा प्रताप दासको एकल स्वर रहेको छ । फिल्म रिलिज मिति नजिकिदै गर्दा गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको हो ।

रवी मल्लको शब्द रहेको गीतमा कल्याण सिंहको संगीत र उदयराज पौडेको संगीत समायोजन रहेको छ । शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘ए मेरो हजुर ३’को गीतसंगीतले दर्शकको मन जितिरहेका छन् । चलचित्रको सार्वजनिक ३ गीतले नै दर्शकको मन जितिरहेको समयमा यसको चौथो गीत सार्वजनिक भएको छ ।

म्युजिकल लभ स्टोरी फिल्ममा अनमोल र सुहानाको मुख्य भुमिका रहको छ । अनमोल र सुहानासँगै अर्पण थापा, सलोन बस्नेत, रविन्द्र झा, रुपा घिसिङ, रक्षा गौतम, विशाल पहाडी, रेअर राई, सरोज खनाल लगायत कलाकारको अभिनय रहेको छ । सुहानाले आफ्नै होम प्रोडक्सनको फिल्मबाट डेब्यु गरेकी छन् ।

artistnepal-tv-ads