modeling workshop in nepal

वेवसिरिज ‘शङ्का’मा नयाँ कलाकारको खोजी

basic photography workshop
काठमाडौं— २०, ज्येष्ठ । पछिल्लो समय नेपालको परिवेशमा हेर्ने हो भने फिल्म निर्माण देखि लिएर सर्टमुभी, वेव सिरिज, टेलिफिल्म निर्माण गर्ने जस्ता कामहरुमा युवा पुस्ताको लगाब निकै बढिरहेको छ । यस्तै युट्युबले दिएको विश्वव्यापी प्लेटफर्मले त गुणस्तरिय भिडियो निर्माणमा युवापुस्तालाई एकदमै जागरिलो बनाएको देखिन्छ । यस्तै जोशिलो युवापुस्ताहरु मिलेर काठमाडौंमा स्थापना भएको मोडल सङ्ग्स नेपालले युवापुस्तालाई लक्षित गर्दै आफ्नै नेपाली समाजका कथावस्तुहरुमा आधारित वेव सिरिज ‘शङ्का’ बनाउने भएको छ । वेव सिरिज शङ्काको लागि नयाँ कलाकारहरुको खोजी शुरु भएको छ।
मोडल सङ्ग्स नेपालको प्रस्तुतीमा डेविल सिंह राजपुतको निर्माण तथा निर्देशन रहने वेबसिरिजमा सुजन रिमालको कथा रहेको छ। निर्माण टोलीेले अभिनय गर्न चाहने कलाकारको निम्ति आवेदन फाराम खुल्ला गरेको छ । १६ – ३० वर्ष भित्रको उमेर समुहका पुरुष मोडल, १६-२५ वर्षका महिला मोडल तथा ५-१२ वर्षका बाल कलाकारले बागबजारस्थित निर्माण संस्था मोडल सङ्ग्स नेपालको कार्यालयबाट फाराम बुझाउन सक्नेछन । साथै कार्यालयको इमेल ठेगाना modelsongs.nepal1@gmail.com मा समेत आफ्नो विवरण पठाउन सक्नेछन ।
artistnepal-tv-ads