Filmy News

‘वीर विक्रम २’ को ग्राण्ड प्रिमियर

रिलिज पुर्वसन्ध्यामा ‘वीर विक्रम २’ को ग्राण्ड प्रिमियर गरिएको छ । दर्जनभन्दा बढि चर्चित सिनेकर्मीको उपस्थितिमा गरिएको ‘रोयल प्रिमियर’ मा चलचित्रका मुख्य कलाकार आकर्षक रुपमा बाजाको तालमा निलो कार्पेटमा उपस्थित हुँदा धेरैको नजरमा परे ।

यही शुक्रवारबाट देशभर प्रदर्शनमा आउन लागेको फिल्म ‘बीर विक्रम २’ मित्रता र प्रेमको कथालाई भनेको छ । २ साथीको मित्रता र विचमा आउने यूवतीको वाधालाई चलचित्रले देखाएको छ । प्रिमियरमा अभिनेता शिव श्रेष्ठ, भुवन केसी, सन्दीप क्षेत्री, अनु शाह, प्रमोद खरेल, सागर लम्साल ‘बले’, हरिश निरौला ‘कक्रोज’ लगायतका कलाकार उपस्थित थिए । पिङ्क गाउनमा उपस्थित भएकी अभिनेत्री वर्षा सिवाकोटी सबैभन्दा धेरै क्यामरामा कैद हुन पुगिन् । पल शाह, नाजिर हुसेन र बुद्दि तामाङ आकर्षक सुटमा देखिएका थिए ।

‘रोयल प्रिमियर’ को नाम दिइएको उक्त प्रिमियरसँगै आयोजित सानो कार्यक्रममा प्राविधिकहरुलाई सम्मान स्वरुप मायाको चिनो वितरण गरिएको थियो । करीब ३ सय बढी फिल्मकर्मीहरुको उपस्थिति रहेको प्रिमियरमा फिल्मका प्रमुख कलाकारहरुलाई ब्यान्ड बाजासहित प्रवेश गराइएको थियो । बुधवार राजधानीको कुमारी हलमा भएको फिल्मको ‘पर्पल कार्पेट प्रिमियर’ मा फिल्मकर्मी र पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।