दरबारमार्गमा कुटुम्बको लाइभ कन्सर्ट

Written by Artist Sansar

काठमाडौंको दरबारमार्गमा शुक्रबारदेखि सञ्चालनमा आउन लागेको म्याग्नम लाउन्ज एन्ड बारमा सांगीतिक समूह कुटुम्बले लाइभ कन्सर्ट दिँदैछ । कुटुम्बसँगै म्याग्नमको उद्घाटन समारोहलाई सांगीतिक समूह श्री किङले पनि संगीतमय बनाउनेछ ।

दुईवटा सांगीतिक समूहको प्रस्तुतिपछि समारोह डान्स पार्टीमा परिणत हुनेछ, जहाँ डिजे विधान, डिजे नि–हान तथा डिजे अस्मीले लोकप्रिय गीतहरूमार्फत दर्शकलाई नचाउनेछन् । निःशुल्क प्रवेश पाइने उक्त लाइभ कन्सर्ट साँझ ७ बजेपछि प्रारम्भ हुने बताइएको छ ।

About the author

Artist Sansar