राम थापा सम्झदै दिवाकर खड्का

https://artistnepal.com/

https://artistnepal.com/

"

आर्टिस्ट नेपाल ।
२०३१ सालमा रेडियो नेपालबाट स्वर परीक्षा पास गरेका राम थापा स्वर परीक्षा पास गरेपछि आफ्नै सङ्गीतमा- हाई हाई वनकाली माई बोलको गीत रेकर्ड गराए । गायिका तारा थापासँग रेडियो नेपालमा गाएको पहिलो गीत वनकाली माई चर्चित गीतको लहरमा परेपछि उनका लागि रेडियो नेपालको यात्रा सहज बन्दै गयो । राम थापाले विस्तारै आधुनिक सङ्गीत सिर्जनामा पनि रुचि देखाउन थाले र, २०३५ सालमा आफ्नो संगीत रहेको गीत कल्पनाको नौलो संसारलाई गायक दिवाकर खड्काको स्वरमा पहिलो पटक रेकर्ड गराए । कल्पनाको नौलो संसार गायक , संगीतकार तथा गीतकार दिवाकर खड्काको र राम थापाको पहिलो संगीतको रुपमा रेकर्ड गरेको पहिलो गीत नै चर्चित बनेपछि उनलाई आधुनिक गीतहरुमा पनि संगीत भर्ने जाँगर बढ्दै गयो ।

शुक्रबार बिहान, आर्टिस्ट नेपालसंग पुराना कुराको स्मरण गर्दै थिए – दिवाकर खड्का । दुवै जनाको सांगीतिक सुरुवात संग संगै भएको थियो । ३० बर्षे सम्बन्धमा धेरै रमाईला , अबष्मरणीय र दुखद घटनाहरु घटेका छन् ।

११ बर्षको उमेरमा माइतीघर चलचित्रको लागि बाल कलाकारको रुपमा छानिएका दिवाकार खड्का जिबन रेखा, बिस्वाश जब बदलिन्छ लगायतका चलचित्रमा अभिनय का साथ् संगीतलाई अगाडि बढाउदै थिए भने राम थापा लोक गायन र संगीतमा राम्रो संग जमिसकेका थिए । सिर्जनात्मक हिसाबले निकै परिपक्व दिबकार खड्का आफू सधैँ कम चर्चामा रहे पनि उनका सिर्जनाहरु सधै चर्चाको शिखरमा छन् ।

संगीतका बर्तमान पुस्ताले विस्तारै बिर्सदै गइरहेको यो नामलाई स्मरण गराउने तरखरमा छन् दिवाकर खड्का । राम थापा को ३० बर्षे सुमधुर सम्बन्धको स्मरण गर्दै र उनिसंग गाईएका केहि सेलेक्टेड गितहरुलाई एल्बमको तयारीमा प्रस्तुत गर्ने तयारी मा छन् उनि । Tribute to Ram Thapa नाम दिईने उक्त एल्बम राम थापाको स्मृतिको अवसरमै रिलिज गराउने सुरमा छन् ।