modeling workshop in nepal

‘म यस्तो गीत गाउँछु २’को घोषणा, पल र पूजा शर्मा पूर्ण एकसाथ

basic photography workshop

नायक पल शाह र नायिका पूजा शर्मा पूर्ण एकसाथ चलचित्रमा काम गर्ने भएका छन् । मंगलबार बिहान मनकामना मन्दिरमा चलचित्र ‘म यस्तो गीत गाउँछु २’को घोषणा भएसँगै यो चलचित्रमा पल र पूजा हुने वा नहुने भन्ने चर्चा थियो ।

चलचित्रका निर्देशक सुदर्शन थापा हुन्। चलचित्रको शुभसाइत पूजा र पलले मनकामना मन्दिरमा गरेका थिए । निर्माणपक्षले पूजा र पललाई मनकामनामा ल्याउन र लैजानका लागि मात्र १ लाख ३० हजार भन्दा बढी खर्च गरेको थियो । दर्शकको माग अनुसार नै आफूहरु फेरि एकसाथ पर्दामा आएको उनीहरुले बनाइ छ।

चलचित्रको छायांकन भदौ महिनाबाट हुनेछ । चलचित्रको मिती फागूणको २३ गतेलाई बताइएको छ। चलचित्रका अन्य कलाकार फाइनल गरिएको छैन । निर्देशक थापाले अहिले संगीतमा काम भैरहेको सुनाए । अर्जुन पोखरेलले चलचित्रको संगीत गरिरहेका छन् ।

artistnepal-tv-ads