मिस नेपाल २०१२ को उपाधि सृष्टि श्रेष्ठलाई,नगमा श्रेष्ठ फस्ट रनरअप र शुभेक्षा खड्का सेकेन्ड रनरअप

https://artistnepal.com/

https://artistnepal.com/

"

आर्टिस्ट नेपाल डट कम | २०६९ बैशाख २४

हरेक बर्ष द हिडेन ट्रेजरको आयोजनामा राजधानीमा हुँदै आएको मिस नेपाल २०१२ को १८ औँ शृंखलामा १६ सुन्दरी प्रतिस्पर्धीहरुलाई पछाड़ी पार्दै यस वर्षको मिस नेपालको ताज पुर्ख्यौली घर चितवन भएकी २३ बर्षे सृष्टि श्रेष्ठले हात पारेकी छिन् । साथमा ५० हजार नगद र हिरोहान्डा प्लेजर स्कुटर र बिभिन्न गिफ्टहरु पनि उनले हात परेकी छिन् । सृष्टिलाई सन् २०११ की मिस नेपाल मलिना जोशीले उपाधी पहिर्याइन् भने मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्नेछिन्। आमा र बुबा एक दशकभन्दा अघिदेखि बेलायतमा रहेकोले उतै हुर्केबढेकी सृष्टिले बेलायतमा भएका विभिन्न अन्तर्राष्ट्रिय फेसन सोहरुमा सहभागिता जनाइसकेकी छिन्। त्यसैगरी त्यहाँका म्यागेजिनहरुमा र केही उत्पादनहरुका लागि मोडलिंग पनि गरिसकेकी थिइन् ।

त्यस्तै मिस नेपाल अर्थ (फस्ट रंनर अप) को उपाधि नगमा श्रेष्ठले जितिन् भने मिस नेपाल इन्टरनेशनल ( सेकेण्ड रनर अप )को उपाधि शुभेच्छा खड्काले जितिन्। क्रमश: नगमा श्रेष्ठ र शुभेच्छा खड्काले अन्तरास्ट्रिय प्रतियोगिता मिस अर्थ र मिस इन्टरनेशनलमा नेपालको प्रतिनिधित्व गर्नेछिन् भने उपाधि को साथ मा क्रमश: ३५ हजार र २५ हजार नगद र गिफ्टहरु पाएका छन् । यसै गरी मिस फोटोजेनिक र मिस ट्यालेंट को उपाधि अकेसा बीस्टले हात परिन भने मिस कन्फीडेन्ट को उपाधि सृष्टि श्रेष्ठले, मिस बिउटिफुल स्माइलको उपाधि नग्मा श्रेष्ठ र मिस पब्लिक चोइस उपाधि दाबेदार निलम चन्द भईन । आर्टिस्ट नेपाल मिस नेपाल २०१२ का बिजेताहरुलाई बधाई तथा सुभ कामना दिन चाहन्छ ।