बलिवड नगरीमा एक नेपाली ठिटो

https://artistnepal.com/

https://artistnepal.com/

"

आर्टिस्ट नेपाल । अहिले नेपाली पर्दामा बलिवडमा लामो समय देखि प्रतीक्षा गरिएको एउटा अनिमेटेड फिल्म प्रदर्शन भैरहेको छ । अर्जुन द वारियर प्रिन्स । यो एनिमेटेड सिनेमालाई नेपालका रोहितभ शर्माले सहायक निर्देशन गरेका हुन् । युटिभी मोसन पिक्चर्सको उक्त सिनेमाबाटै उनले बलिउडमा व्रेक गरेका हुन् । हिट्स एफएम, च्यानल नेपाल, सिंगापुरको एमटिभी संस्करण हुँदै रोहितभ सन् २००५ मा संघर्षका लागि मुम्बइ होमिए । जहाँ उनले सन् २००७ सम्म भारतीय टेलिभिजनहरुमा रियालिटी सो संचालन गरे ।

२००७ मा निर्देशक आरनव चौधरी क्याम्प प्रवेश गरेका रोहितभले आरनभलाई सन् २००१ मा नै चिनेका थिए । अर्जुन द वारियर प्रिन्स महाभारतमा नसुनाईएको एउटा कथामा आधारित फिल्म हो । रोहित अहिले नेपाली स्क्रिप्ट पनि तयार पर्दै छन् ।जसलाई उनि नेपाली भाषामा नै नेपाली पर्दामा उतार्न चाहन्छन् । उनि कमेडी र एक्सनप्रधान मिश्रित बनाउने तयारीमा रहेका छन् । आर्टिस्ट नेपाल डट कम निर्देशक रोहितभ शर्मालाई बधाई तथा शुभ- कामना दिन चाहन्छ !