बलिउड गायिका नेहा कक्करको कन्सर्टमा विवाद , एलओडि डिस्कोका संचालकसहित ३ जना पक्राउ

Written by Artist Sansar

बलिउड गायिका नेहा कक्करको ठमेल कन्सर्ट एलओडी डिस्कोमा आयोजित कार्यक्रममा क्षमता भन्दा बढी टिकट बिक्री गरेको भन्दै आयोजक पारामाउन्ट इन्टरटेन्मेन्ट प्रालिका दीपक घिमिरेसहित तीन जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो।

उनीहरुले क्षमता भन्दा बढी टिकट बिक्री गरेकाले टिकट काटेका दर्शकले समेत हेर्न नपाएको भन्दै प्रहरीकोमा उजुरी गरेका थिए । बढी टिकट बेचर ठगी गरेको भन्दै उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। भारतीय गायिका नेहा कक्करको शनिबारसाँझ एलओडिमा प्रस्तुती थियो।

क्षमता भन्दा बढी टिकट बेचेको अभियोगमा घिमिरेसहित ३ जना पक्राउ परेका हुन्। २ हजार जना क्षमता एलओलिडको भएता पनि टिकट भने ३ हजारभन्दा बढी बेचिएको थियो। कक्करको प्रस्तुती हेर्न नपाएपछि टिकट काटेका १ हजार भन्दा बढीले एलओडिको गेटमा नारावाजी गरेका थिए। उनीहरुको रकम फिर्ता गर्ने उद्धेश्यले पनि संचालक घिमिरेसहित ३ जना पक्राउ गरेको हो।

About the author

Artist Sansar