‘बदनाम हुनु तर गुमनाम नहुनु’ , पहिरनका कारण वर्षा भइन ट्रोलको शिकार

Written by Artist Sansar

‘बदनाम हुनु तर गुमनाम नहुनु’ भन्ने सिद्धान्त फिल्म क्षेत्रमा निकै चर्चित छ । अभिनयको दमले चम्किन नसक्नेहरु आफूलाई गुमनाम हुन नदिन बदनाम अर्थात् स्क्यान्डलको सहारा लिन्छन् । नेपालमा धेरै कलाकारहरु यस्ता छन्, जो गुमनाम हुने डरले स्क्यान्डल मच्चाइरहेका हुन्छन् ।

चर्चाको लिस्टमा यति बेला अभिनेत्री वर्षा राउत पनि पर्छिन् । बजारमा आफ्नो कुरा समेत कसैले नकाटेको महशुस भयो भने सामाजिक सञ्जालमार्फत् होस् वा मिडियामा आएर, उनी कसैप्रति लक्षित गरेर तीखो प्रहार गर्न कुनै कसर छाड्दिनन् ।

फिल्ममा साधारण युवती वा महिलाको भूमिकामा निकै रुचाउने गरेकी उनी शुक्रवार दिउँसो एकाएक ट्रोलको शिकार भइन् । कारण हो, पहिरन । अहिले उनी अष्ट्रेलियामा छिन् । आफू अभिनीत फिल्म ‘जात्रै जात्रा’ को प्रदर्शनका लागि उनी त्यहाँ पुगेकी हुन् । शुक्रवार अष्ट्रेलियाको सिड्नीमा भएको फिल्मको विशेष शोमा उनले लगाएको पहिरनलाई ट्रोलर्सले निकै मजाक बनाएका छन् ।

फिल्मको विशेष प्रदर्शनमा उनले लगाएको सेतो र कालो रंग मिसिएको पहिरन घाँटीतर्फको भाग निकै खुलेको छ । उनको बक्षस्थलको आधा भन्दा बढी भाग स्पष्ट देखिएको छ । उक्त पहिरनमा उनी निकै खुलेकी छन् । तर, ट्रोलर्सले विवाहपछि उनी उत्पादै बोल्ड भएको भन्दै ट्रोल बनाएका छन् । दुईअर्थी शब्द प्रयोग गरेर पनि थुप्रै खालका ट्रोल बनेका छन् । तर, यस विषयमा वर्षाले कुनै प्रतिक्रिया जनाएकी छैनन् ।

About the author

Artist Sansar