Filmy News

‘वार’ को टीजर सार्वजनिक, ऋतिक र टाइगरको जबरजस्त एक्सन

बलिउडका दुई एक्सन सुपरस्टार ऋतिक रोशन र टाइगर श्राफ स्टारर फिल्म ‘वार’ को अफिसियल टीजर सार्वजनिक भएको छ । ‘टू हिरोज वान वार’ को ट्यागलाइनसहित निर्माण कम्पनी यशराज फिल्‍म्सले सार्वजनिक गरेको फिल्मको ५३ सेकेण्डको टीजरमा ऋतिक र टाइगरबीच घमासान युद्ध देखाइएको छ । दुईसँगै टीजरको एक दृश्यमा अभिनेत्री वाणी कपूर पनि देखिएकी छन् ।

यो फिल्म आगामी २ अक्टूबर अर्थात् असोज १५ गते प्रदर्शनमा आउँदैछ । फिल्ममा इन्टरनेशनल लेभलको एक्सन छ । ऋतिक र टाइगरलाई बलिउडमा एकअर्कासँग तुलना गर्ने गरिन्छ । एक्सन र नृत्य दुबैमा पोख्त दुईले पहिलो पटक स्क्रिन साझेदारी गरेका कारण ‘वार’ को दर्शकमा व्यग्र प्रतिक्षा छ । टीजरले अझ दर्शकमा फिल्मप्रति कौतुहलता बढाएको छ । फिल्मका निर्देशक सिद्धार्थ आनन्द हुन् ।