modeling workshop in nepal

‘प्रेमगीत ३’ को प्रदर्शन मिति घोषणा

basic photography workshop

दुई सिरिजको सफलतापछि निर्माता सन्तोष सेनले ‘प्रेमगीत ३’ निर्माण गर्न लागेका हुन् । लभस्टोरी सिरिज ‘प्रेमगीत’ को तेस्रो पार्टको छायांकन सुरु हुनुभन्दा अगावै प्रदर्शन मिति घोषणा गरिएको छ । चर्चित फिल्म निर्माण कम्पनी आसुसेन फिल्म प्रोडेक्सनले निर्माण गर्न गैरहेको चलचित्र प्रेम गीत ३ आगामी चैत २८ गते देशभर सार्वजनिक हुने भएको छ ।

चलचित्रलाई छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गर्ने निर्माण टिमले जनाएको छ । हालसम्म निर्माण टिमले प्रेम गीत ३ का लागी निर्देशकबाहेक अन्य कुरा सार्वजनिक गरेको छैन । ‘प्रेमगीत’ को पहिलो सिरिजबाट स्टारको रुपमा उदाएका प्रदीप खड्का फेरि यो चलचित्रमा सुपर स्टार मुख्य भुमिकामा काम गर्ने हल्ला भएपनि निर्माण टिमले आधिकारिक रुपमा कुनैपनि कलाकारको नाम सार्वजनिक गरेको छैन । यस फिल्मको अघिल्लो दुई सिरिजमा उनी नै लिड हिरो थिए ।

प्रेम गीतले १ सय बर्ष अगाडिको कथालाई प्रस्तुत गर्ने बुझिएको छ । चलचित्रलाई ‘निषेध गरिएको प्रेमकथा’ भनिएको छ ।

artistnepal-tv-ads