modeling workshop in nepal

प्रियंकाको वियोगमा आयुष्मान

basic photography workshop

काठमाडौं। पछिल्लो समय अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्की म्युजिक भिडियोमा नियमित प्रस्तुत हुन थालेका छन् । यसै क्रममा यी जोडी नयाँ गीत ‘मायाको खेल, आँसुको भेल…’ को भिडियोमा प्रस्तुत भएका छन् ।

बिहीबार काठमाडौंमा रिलिज भएको यो भिडियोमा अभिनेत्री प्रियंकाले आयुष्मानलाई धोका दिएकी छन् । वास्तविक जीवनमा आयुष्मान र प्रियंकाले एक वर्षअघि नै इन्गेजमेन्ट गरेका हुन् ।

गायक मोहन राईको गीतको यो भिडियोमा प्रियंका र आयुष्मानबीच सम्बन्ध विच्छेद भएको देखाइएको छ । यी दुईलाई भिडियोमा नर्देशक राजेन्द्र महर्जनले उतारेका हुन् । दिपेन्दनाथ शर्माको शब्द र कन्काइस्ट राईको संगीत रहेको यो नेपाली आधुनिक गीतमा प्रेमपीडा प्रस्तुत गरिएको छ, ।

गायक राईको मायाको खेल संग्रहमा यो गीत संगृहीत छ । यो भिडियोमा गीतको भावअनुसार नै नृत्यभन्दा कथालाई महत्व दिएको गायक राईले बताए । गीतको भिडियो कथाअनुसार बाटोमा लिफ्ट माग्ने क्रममा भेटिएकी प्रियंकालाई चित्रकार बनेका आयुष्मानले एकतर्फी माया गरेका छन् ।

बाटोमै प्रियंकाको चित्र कोर्ने यी प्रेमीले डान्स बारकी नृत्यांगनालाई समेत प्रियंका नै देख्छन् । जब आयुष्मानले प्रेम प्रस्ताव राख्छन्, प्रियंका बिच्किन्छिन् र आयुष्मानले प्रियंकाको तस्बिर जलाउँछन् । यो म्युजिक भिडियो एउटा सर्ट फिल्मजस्तै बनेको छ ।

artistnepal-tv-ads