पैसा फ़र्काएनन महेश खड्काले

2011-07-09
आजभोलि संगितको दुनियामा चर्चा कमाएका संगीतकार महेश खड्काको खुबै चर्चा हुन्छ, साङ्गितिक बजारमा । कहिले कसैलाई गायक बनाईदिने सपनमा बर्षौ झुलाईरहन्छन भने कसैलाई सङ्गित भर्दिन्छु भन्दै पैसा लिएर २ बर्ष सम्म झुलाउँछन् ।

कुरा हो कबि तथा गीतकार शेखर ढुंगेलको। पाँचसय आधुनिक तथा गजल र ६० भन्दा बढी चलचित्रमा संगीत भरिसकेका महेशलाई आफ्नो गीतको संगीत गर्दिनलाई आज भन्दा २ बर्षअघि निकटम मित्र एबम चलचित्र निर्देशक तथा निर्माता आकाश अधिकारीको सिफारिशमा ९७ हजार रुपयाँ र गित दिएका थिए । तर महेशले हुँदैछ हुन्दैछ भन्दै करिब १५ महिना सम्मपनि संगित नगरेपछि पैसा फिर्ता माग्दा पनि उनले फिर्ता गरिदिएनन ।

यस बिषयमा नेपाल संगीत संघमा कुरा गर्ने सोच लिएका शेखरलाई उक्त कामको जिम्मा टिका भण्डारी दिएका छन् । अहिले टिका यो काममा जोडतोडले लागेका छन् । गीतकार शेखर आर्टिस्टनेपालसंगको कुरामा भन्छन- महेशले २ बर्ष पछि बल्ल जबरजस्त झारो टाल्नेखालको २ ओटा गित पठाएका छन् । म उनिसँग काम नगर्ने सोचमा छु, त्यसैले उनले अर्को गीतको पनि गर्दैछु भनेर पैसा फिर्ता नगर्ने प्लानमा छन् । वास्तबमा भनौँ मेरो जिबनमा प्रकाशित अगाडीका २ एल्बममा यस्तो झंझट कसैले दिएका थिएनन….. ।

महेश वास्तबमै सफल संगीतकार हुन् । सङ्गितबाटै नाम र दाम कमाउन सफल यिँ सङ्गितकारले आफ्नो नाम यथास्थानमा राख्नेछन् या आफैँलाई गुमाउँदै जानेछन् ! गीतकार शेखर ढुंगेलप्रति अब देखाउने प्रतिक्रयामै भर् पर्छ ।