modeling workshop in nepal

‘नेपाल टुर : पुर्वान्चल फेसन शो’ ईटहरीमा हुने

basic photography workshop

इटहरीमा ‘नेपाल टुर : पुर्वान्चल फेसन शो’ हुने भएको छ । प्रदेश १ को ईटहरीमा हुन लागेको ‘नेपाल टुर : पुर्वान्चल फेसन शो’को बारे जानकारी गराउने उद्देश्य सहित ईटहरीमास्थित सप्तकोशी अनलाइनको कार्यलयमा पत्रकार सम्मेलन गरिएको छ ।

पत्रकार सम्मेलन गर्दै आयोजक युथ क्रीयसन नेपालका मेनेजिङ डाइरेक्टर रबि लामा तामाङ्गले जानकारी दिए । उक्त सम्मेलनमा इटहरी र आसपासका युवायुवतीलाई र्याम्पमा उतार्ने योजना रहेको उनले बताए ।

ईटहरीको शो सम्पन्न गरे लगत्तै चितवनमा कार्यक्रमको आयोजना गर्ने क्रीयसनका मोडल तथा आयोजक सुरेश थापा मगरले जानकारी गराए । यस्तै ईटहरीको शोको लागि सम्पन्न पहिलो चरणको अडिसनबाट ४० जना युवायुवतीको सहभागीता भएको थियो भने जसमध्येबाट फाईनल शोको लागि ३० जना छनौट भएका छन ।

अडिसनमा फेसन शोको लागि नयाँदेखि अनुभवी युवायुवतीको पनि सहभागीता रहेको स्थानिय आयोजक तथा मिडिया संयोजक सुवास संकल्पले जानकारी दिए । अडिसनमा जर्जको रुपमा आयोजकका तर्फबाट मेनेजिङ डिरेक्टर रबि लामा, मोडल आयुष मगर, मार्टिना मेकअप स्टुडियोकि उर्बि श्रेष्ठ, मोडल तथा नायक माधब केसि र डि डिजाईनरकी मनिषा पोख्रेल रहेका थिए ।

फाईनल शो असार २७ गते मोरङमा अवस्थित गोकर्ण रिसोर्टमा सम्पन्न हुँदैछ । चर्चित गायक कमल खत्रीको विशेष प्रस्तुती सहित कार्यक्रममा हेण्डिक्राफ़्ट हेरबिन’ स्विक्येन्समा मोडलहरुको क्याटवक हेर्न पाइने आयोजकले जनाएको छ ।

artistnepal-tv-ads