modeling workshop in nepal

नेपालमा पहिलो चोटी ‘कमेडी च्याम्पिएन’ शो हुदै

basic photography workshop

यो वर्षको गाईजात्रा छेका पारेर आगामी भाद्रबाट कान्तिपुर टेलिभिजनबाट ‘कमेडी च्याम्पिएन’ शो प्रशारण हुने भएको छ । पछिल्लो समय धेरै रियालिटी शो प्रशारण गरिएको छ । तर नेपालमा कमेडी शो पहिलो पटक हुन लागेको हो ।

यो शोलाई ‘३ प्रोडक्सन’ले निर्माण गर्न लागेको हो । कार्यक्रमका निर्देशक विशाल भण्डारीले बिहिबार काठमाडौंमा पत्रकार भेटघाट आयोजना गरी अडिसनको तयारीमा जुटेको बताए । यस शोमा हाँस्यकलाकार सन्तोष पन्त, मनोज गजुरेल, नायिका ऋचा शर्मा र फिल्म निर्देशक प्रदीप भट्टराई निर्णायकको रुपमा रहने छन् ।

कार्यक्रमको सञ्चालन अभिनेत्री रीमा विश्वकर्माले गर्नेछिन् । यो शोको अडिसनमा सहभागी हुनका लागि तीन मिनेट (स्वदेशी) र पाँच मिनेट (विदेशी) को कमेडी भिडियो मोवाइल एप्समार्फत् पठाउनु पर्नेछ । डिजिटल र फिजिकल गरि दुई फर्म्याटमा अडिसन हुने कार्यक्रममा जानकारी गराइएको हो ।

artistnepal-tv-ads