नबराज लम्सालसंग सङ्गीत चिन्तन

गित
गित एकदमै सरल कुरा हुन् । गित जति सरल, जति सामान्य, जति सम्प्रेश्य, जति हार्दिक बन्न सक्छन । गित वास्तबमा भन्ने हो भने अत्यन्तै कोमल र हार्दिकता बिषय,एउटा फुलको पत्रमा अडिएको पानीको थोपा जस्तो ,एकै छिनमा सुक्न सक्छ । तरक्क झर्न पनि सक्छ । त्यो फुलको रंगमा रहंदा रहँदै टिपीहाल्यो भने रह्यो नत्र खस्यो।

त्यसको अर्थ , त्यसको असर, त्यसको भाब फरक फरक होला । मान्छेले फरकबाद सिद्दान्त र प्रणाली बाट ब्याख्या गर्लान । तर म हृदयको सन्तुस्टिको लागि नै लेक्छु । राम्रो हरफ लेख्दा मनमा जुन एक प्रकारको प्रसनता हुन्छ नि । म त्यसका लागि लेख्दछु । आफ्नो सन्त सुखका लागि नै लेख्दछु ।

अहिले गित सङ्गीत को दुनिया एकदम फरक छ । गित सङ्गीतमा नया पुस्ता पुराना पुस्ता भन्ने हुनुहुँदैन । सिर्जना सबै एकै हो । माधब घिमिरेले लेखेको कबिता एकदमै बरिस्ट हुने र अर्को ८ मा पढ्ने भाइले लेखेको नहुले लाग्दैन । ९० काटेका माधब घिमिरेले बैंशमा लेखेको दमदार कविता आज पनि लेख्नु हुन्छ भन्ने हैन । र ८ वर्ष को या ८ मा पढ्ने भाईले लेख्न सक्दैन भन्ने पनि हैन । सृजनामा एउटै सिर्जना ल्याउदा पनि दमदार र कालजयी सिर्जना लिएर आउन सक्नु पर्छ । तर हाम्रो एउटा मान्छे एउटा सशक्त गित लिएर आउछ तर दोश्रो गित लिएर आउन सक्दैन । तसर्थ राम्रो इतिहास बन्न को लागि, निरन्तरता पनि चाहिन्छ ।

सङ्गीतको बजार
तपाई संग कुरा गर्नु भन्दा आगाडी पनि मैले नेपाली गित सङ्गीतको बारेमा नै कुरा गरेको थिए । पट्टकै छैन । क्यासेट हरु बिक्दैनन । सिडीहरु बिक्दैनन् । बसमा क्यासेट बजाउने गरिन्थ्यो । तर अहिले बस हरुमा पेन ड्राइभ बाट गित बजाइन्छन् । अहिले कपि राइटको कानुन छ । सबै कुरा छ तर ज्यादा पाइरेसी छ । त्यो ज्यादा अफ्ट्याराका बिचमा हामी छौ । र हाम्रा कलाकर्मी अहिले पाइरेसीका सिकार बनेका छन् ।

सब भन्दा पहिलो पटक नेपालमा क्यासेट निकाल्ने व्यक्ति जयनन्द लामा हुन् । ‘जयनन्द लामाका लोक गीतहरु’ नामक २०३८ सालमा उनले नेपालमै पहिलो पटक चक्का निकाले । त्यो बेला चक्का भनिन्थ्यो । त्यो पनि ५० पैसा रोयल्टी मा ……………. उनले ६० हजार रोयल्टी लिएका थिए त्यो बेलामा । आज कुनै एल्बमले तेत्रो पैसा लिए भन्ने सुनिंदैन ।

अहिले सि. आर. बि. टि. मार्फत धेरै कलाकारका गितहरु डाउनलोड भएका छन् । त्यस्को रोयल्टी कलाकारले कति पाएका छन् ? कत्तिले पाएका छन् ? त्यसको फेरि अर्को कहाली लाग्दो कथा छ । त्यसैले कलाकर्म्मी हरु बाच्न सक्ने स्थिति छैन । व्यापारिक रुपमा केवल प्रचार प्रसार मात्र भएको छ ।

चलचित्रका गित
पहिलो पटक अनिल शाही को सङ्गीतको चलचित्र सिउँदो को लागि गित लेखेको थिए मैले । चलचित्रको गित चलचित्रको कथामै बाँधिएर लेख्छन । वा त्यो सारै कमर्सियल प्रयोजनले मात्रै लेखिन्छन् । यो हाम्रो यति लाख खर्च गरेर बनाएको चलचित्र , चलचित्र चल्नु पर्छ । हलमा सामान्य मान्छे आउँछन् । सामान्य मान्छेलाई अड्ड्रेस गर्ने हो । भन्ने त्यो सोच बाट पनि आउँछन् । र राम्रा सोच भएका पनि छन् ।

चलचित्र मा जो मान्छे झोला भरि पैसा बोकेर आउछ, गितको, संगीतको मर्म बुज्न सक्दैन । तर पनि उसको निर्देशनमा गित लेख्नु पर्छ । सङ्गीत भर्नु पर्छ । चलचित्रमा धेरै अजासु हरु छन् । सबै राम्रो छ तर यो एकलाइन चेन्ज गर्न पाए हुन्थ्यो भनेर एउटा गीतको शब्द र संगीतलाई परिबर्तन गर्न लगाइन्छ ।

एउटा गीतकारलाई स्वतन्त्र रुपमा गित लेख्न दिइन्दैन । सङ्गीतकारलाई स्वतन्त्र रुपमा सङ्गीत गर्न दिइन्दैन । यिनै कारणले गर्दा एउटा गीतकार र सङ्गीतकार को बाहिरी गित जति चर्चा हुन्छ, जति चर्चित हुन्छ । त्यति चलचित्रका गित सङ्गीत चर्चित बन्न सकेको छैन ।

सुधारका उपाय
सम्पूर्ण कलाकर्मी जुट्नु पर्छ । ‘क्यासेट कम्पनि’हरु पनि इमान्दार हुनु जरुरि छ । प्रतिलिपि अधिकारको राम्रो संग अनुगमन गरिनु पर्छ । पाइरेसी रोकिनु पर्दछ । अझ धेरै उपायहरु हुन छन् । मैले केहि उपाय मात्र प्रयोग गरे , राज्य को नीति निर्माण तहमा यस बिषय प्रति गम्भीर रुप मा बहस हुनु जरुरि छ ।