धुवाँले चोर्यो , फोटोग्राफरको फोटो

कलाकारको परिश्रमलाई ख्याल गर्ने नाटक देखाउने एक निर्माताले भने फोटोग्राफरले खिचेकोको निशा अधिकारीको फोटोलाई बिना अनुमती चलचित्रको पोस्टरमा समाबेश गराएका छन्

https://artistnepal.com/

https://artistnepal.com/

"

र्टिस्ट नेपाल । नेपाली सिने जगतमा चर्चा कमाउन अनेकौं दाउ गर्ने गरिन्छ । यस्तै दाउ चलचित्र धुवाँले पनि गरेको छ । धुवाँकै कुरा गर्ने हो भने चलचित्र निर्माता राम रिजालले आर्यानलाई ८ लाख १ हजार ५ रुपैयाँमा साईन गराए पश्चात रिजालले नेपाली कलाकारहरुको परिश्रमलाई ख्याल गर्दै आफैँले भारी मूल्यमा एग्रीमेन्ट गरेको बताएका थिए । कलाकारको परिश्रमलाई ख्याल गर्ने नाटक देखाउने एक निर्माताले भने फोटोग्राफरले खिचेकोको निशा अधिकारीको फोटोलाई बिना अनुमती चलचित्रको पोस्टरमा समाबेश गराएका छन् ।

धुवाँको पोस्टरमा राखिएको फोटो ग्ल्यामर फोटोग्राफर कमलले खिचेका हुन् । आफुले अर्कै पर्पोजको लागि निशाको फोटो खिचेको फोटोग्राफरले आर्टिस्टनेपाललाई बताएका छन् । इन्टरनेटको सामाजिक संजाल फेसबुकबाट सिनेमाको फस्टलुक सार्वजनिक गरिएपछी कमलले फेसबुक बाटै फोटो आफुले खिचेको दाबी गरेका थिए । फेसबुकमा चलचित्रले फोटोग्राफरलाई क्षतीपुर्ती दिनुपर्ने र कपीराइट हननको हुद्दा पनि चलाऊनुपर्ने पोस्ट गरिएकाछन् ।

लक्ष्मण रिजालको निर्देशन, रामप्रसाद रिजालको निर्माण र अनुप सापकोटाको पटकथा रहेको धुवाँमा आर्यन सिग्देल र निशा अधिकारी मुख्य भूमिकामा छन् ।