देविका बन्दनाको मन चंगा भयो

गायिका बन्दनाको सुगम संगीतमा आधारित गीति संग्रह ‘मन चंगा भयो…’ एक समारोहका बीच विमोचन गरिएको छ …[+]

https://artistnepal.com/

https://artistnepal.com/

"

गायिका बन्दनाको गीति संग्रह ‘मन चंगा भयो…’ एक समारोहका बीच विमोचन गरिएको छ ।राजधानीमा सम्पन्न एक सांगीतिक समारोहमा यो संग्रह विमोचन गरिएको हो । संग्रहमा सुगम संगीतमा आधारित गीतहरु समावेश गरिएका छन् ।

१६ वर्षको कलिलो उमेरमै वियोगान्त गीत गाएर श्रोताका मन जित्न सफल गायिका देविका वन्दना १६ वर्षको उमेरमै उनले रेडियो नेपालमा ‘एउटा परदेशी…’ बोलेको गीत लाइभ रेकर्ड गराएकी थिइन्, त्यही गीतलाई शीर्ष बनाएर पहिलो एल्बम ‘परदेशी’ निकालेकी उनले यसपटक भने पछिल्लो एल्बम निकालेको पाँच वर्षको ग्यापपछि श्रोतालाई चंगाजस्तै संगीतमा उडाउन रोमान्टिक एल्बम ‘मन चंगा भो…’ लिएर आएकी छन् ।

इलाममा जन्मिएर दुई दशकदेखि संगीत क्षेत्रमा लागेकी देविकाको यस एल्बममा माधवप्रसाद घिमिरे, राजेन्द्र थापा, नरेश भट्टराई, दिनेश अधिकारी र नरहरि प्रेमीको शब्द रहेको छ भने सुरेश अधिकारी, राजु सिंह, नरहरि प्रेमी, वसन्त सापकोटा र महेश खड्काले संगीत दिएका छन ।