टिप्सी बारमा ‘सम वर्ड अफ लभ” बिमोचित

https://artistnepal.com/

https://artistnepal.com/

"

नेपाली साङितिक क्षेत्रमा छोटो समयमै राईजमा आउन सफल राईज म्युजिकले दरबारमार्ग स्थित टिप्सि लन्च एन्ड बारमा नब गायक फराज अर्पणको ‘सम वर्ड अफ लभ’ बिमोचित भएको छ । राईज म्युजिकको प्रस्तुति रहेको उक्त एल्बमलाई संचारकर्मी कृष्ण भट्टराई, राई इज किङ्ग – राजेशपायल राई, राइज म्युजिकका संचालक बिनोद सिंहले सम्युक्त रुपमा बिमोचन गरेका हुन् ।

प्रयोगात्मक गिति सङ्ग्रहको रुपमा प्रस्तुत सम वर्ड अफ लभमा नेपाली साँगितिक क्षेत्रमा नयाँ गितकार, गायक तथा संगीतकारको रुपमा प्रस्तुत भएका फराज अर्पणले एल्बमको सम्पुर्ण गितको शब्द र संगीत सृजना गरेका हुन् ।

कक्षा ७ मा पढ्दा खाजा खाने पैसा जम्मा गरि १००० मा गितार किनेर संगीतको दुनियामा प्रबेश गर्ने सपना देखेका फराजले कक्षा ८ मा पढ्दा ‘मायाँ गर्थे’ बोलको गित पहिलो पटक कम्पोज गरेका थिए र उक्त गित २०६३ सालमा पहिलो पटक रेकर्ड गराएका थिए । सोहि गितलाई ब्रम्हाश्त्र ब्याण्डको सहयोगमा पहिलो पटक प्रज्ञा भबनमा प्रस्तुत गरेका फराजले त्यसपछि बिआईसीसी भबन लगायत दर्जनौँ स्टेज शो हरुमा आफ्नो कला देखाईसकेका छन् ।

साँचो प्रीत, पहिलो मायाँ, तिम्रो मायाँमा, मायाँ गर्थे गरि ६ गित सङ्ग्रहित उक्त एल्बममा पहिलो मायाँलाई शोभा बर्माले पनि साथ दिएकि छिन् भने मायाँ गर्थे गितलाई अनपल्गड भर्सनमा पनि उनले उक्त एल्बममा समाबेश गरेका छन् ।