टिकटकले जन्माएका कलाकारहरु

Written by Artist Sansar

सामान्यतया भाषामा बुझने हो भने टिकटक एउटा हो जहा मानिसहरु भिडियो बनाएर अपलोड गर्ने गर्छन। १५ देखि ६० सेकेन्ड सम्मको भिडियो बनाएर अपलोड गर्न मिल्ने यस मा आफ्नो कला प्रष्पोटन गर्ने माध्यम मात्रै होइन, सेलिब्रेटी बन्ने थलो बनेको छ धेरैको लागि । हुन त टिकटक मा अपलोड भएका सबै भिडियोहरु हेर्न मिल्ने हुन्छन भन्ने नि हुन्न । तर कतिको जीवन बदला दिने पाटो बनेको छ। यहि बाट अपलोड गरिएको भिडियो बाट रातारात सेलिब्रेटी बनेका छन्। जसको हामी चर्चा गर्दै छौ।

रेश्मा घिमिरे:
मोरङ्ग बिराटनगरकी रेश्मा घिमिरे टिकटक बाटै सेलिब्रेटी बनेकी कलाकार हुन। ‘कान्छी ‘, ‘ झिम झिम गर्ने परेली ‘ गीत म्युजिक भिडियोमा काम गरिसकेकी उनी ‘ इन्स्टाको फोटो ‘ गीत दर्शकले अत्याधिक मन पराए पछि थप चर्चामा रहिन। उनी अभिनित नयाँ म्युजिक भिडियो ‘ हेरन कान्छी ‘ सार्वजनिक भएको छ। ‘ इन्स्टाको फोटो ‘ गीतको सफलता पछि पुन: रेश्मा घिमिरे र आसिफ शाह एक साथ देखिएका छन्।

प्रिन्सी र प्रिन्सा खतिवडा ( जुम्ल्या ):
टिकटक बाटै एका एक सेलिब्रेटी बनेका अर्का नाम हुन जुम्ल्या दिदी बहिनी प्रिन्सी र प्रिन्सा खतिवडा। उनीहरुको पनि टिक टकले नै भाग्य चम्काइदिएको छ। ‘ हाम्रो माया जिन्दावाद ‘ शिशिर भण्डारी र बिन्दु परियारको आवाजमा रहेको गीतबाट म्युजिक भिडियोमा प्रवेश गरेका ‘ भद्रगोल ‘ हुदै गायक प्रमोद खरेलको नयाँ गीत ‘ झुमा झुमा ‘ मा नायक पल शाह संग काम गर्ने अवसर पाएका छन्।

एभेलिना खड्का :
नेपाली टिकटक दुनियाँमा छाएकी अर्की बालकलाकार हुन एभेलिना खड्का । चार वर्षकी एभेलिनाको भिडियो भाईरल भएपछी उनी पनि सेलिब्रेटी बनेकी छन्। उनीले अन्जु पन्तको ‘ तिम्रै हु मा ‘ खुशी मात्रै ‘ होली ‘ जस्ता म्युजिक भिडियोमा काम गरिसकी छन्।

मन्जिल वस्नेत :
टिकटक बाटै आएका कलाकार हुन मन्जिल वस्नेत । उनले पनि आचल शर्मा संग म्युजिक भिडियोमा काम गर्ने अवसर पाएका छन्। ‘ घाममा सुकाईदेउ ‘ बोलको गीतमा काम गरेका मन्जिल उनको पहिलो गीत हिट भएको छ।

दीपा र दमंता श्रेष्ठ ( जुम्ल्या ):
टिकटकमा छाएका अर्का जुम्ल्या दिदी बहिनी हुन दीपा र दमंता श्रेष्ठ । यी दिदी बहिनीले पनि म्युजिक भिडियोमा काम गर्ने मौका पाएका छन्। टिकटक धेरै मानिसहरुका लागी अवसरको बाटो बनेको छ।

About the author

Artist Sansar