modeling workshop in nepal

चलचित्र ‘ मारुनी ‘ को ‘जाम्न माया जाम’ गीत सार्वजनिक

basic photography workshop

चलचित्र ‘ मारुनी ‘ को गीत सार्वजनिक भएको छ । निर्माण अगावैदेखि चर्चामा रहेको नवल नेपाल निर्देशित फिल्म ‘मारुनी’ को पहिलो गीत ‘जाम्न माया जाम’ मंगलबार सार्वजनिक गरिएको हो । निर्माण टिमले केही दिन अघिदेखि गीतको काउनडाउन सुरु गरिसकेको थियो । गीतमा ‘मनमगन’ गायक दिपक बज्रचार्यको स्वर छ । गायक बज्रचार्य ‘जाम्न माया जाम’ ले दर्शकलाई फेरि एकपटक नचाउने छाट देखिन्छ।

यो गीतको भिडियोमा फिल्मकी लिड अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता पुष्प खड्काले कम्मर मर्काएका छन् । उनीहरुलाई क्लबमा सय बढी कोरसले साथ दिएका छन् । यस गीतले लोकप्रियता हासिल गरेको खण्डमा फिल्मको व्यापारमा पनि ठूलो फाइदा पुग्ने देखिन्छ ।

गीतको भिडियोलाई प्रविण सिंहले कोरियोग्राफी गरेका हुन् । चचित्रलाई नवल नेपालले निर्देशन गरेका छन् । चलचित्रको निर्माता पूनम गौतम हुन्। यसअघि उनले ‘अझै पनि’ नामक फिल्म निर्माण गरेकी थिइन् । फिल्मलाई संजय लामाले खिचेका हुन् ।चलचित्र आउने भदौ १३ मा रिलिज हुने तय भएको छ ।

artistnepal-tv-ads