अर्पण थापा निर्देशित हरर चलचित्र ‘घर’ चल्यो कि भत्कियो??

शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली हरर फिल्म ‘ घर ‘ कतिको सफल भयो या कतिको ब्यापार गरिरहेको छ भन्ने कुरा नेपाली फिल्मका दर्शकलाई लागिरहेको होला । अहिलेका अड्भान्स दर्शकहरु रिभ्यु र फिल्मले गरेको ब्यापारको आधार बनाएर हलसम्म पुग्ने भएकाले पनि चलचित्रको यसको पनि महत्व अर्कै छन्।

नेपालमा हरर जनराका चलचित्र हालसम्म सफल भएका छैन् । नेपालमा विरलै हरर जनरामा फिल्म बन्ने गर्दछन् । वर्षमा एउटा पनि मुश्किलले निर्माण हुन्छ । बलिउड र हलिउडका हरर फिल्मले नेपालमा राम्रो व्यापार गर्ने गरेता पनि नेपाली हरर फिल्मले भने अहिलेसम्म दर्शक रिझाउन सकेका छैनन् ।

अभिनेता टर्न निर्देशक अर्पण थापालाई भने हरर जनरा नै प्रिय छ । गत वर्ष उनले हरर फिल्म ‘सुनेकसरी’ को क्याप्टेनसिप सम्हालेका थिए । यो फिल्म बक्सअफिसमा असफल भए पनि उनले हार खाएनन् । दोस्रो पटक हरर फिल्म ‘घर’ लिएर आएका हुन् । दर्शकबाट मिश्रीत प्रतिक्रिया पाएको यस फिल्मले प्रदर्शनको शुक्रबार र शनिबार राम्रै ब्यापार गरेको निर्मात्री शर्मिला पाण्डेले बताएकी छन्।

६० लाखमा बनेको यस फिल्मले दुई दिनमा घरेलु बजारबाटै आफ्नो लगानी सुरछित गर्न सफल भएको छ। ३५ लाखमा फिल्म रिलिज अगावै डिजिटल राइट्स बिक्रि भैसकेको छ। यस चलचित्रमा बेनिशा हमाल, सुरक्षा पन्त र अर्पण थापाको मुख्य भूमिका रहेको छ।