modeling workshop in nepal

”ग्रेस एस ई इ सुपर स्टार–२०१९” को उपाधी प्रयुक्ता चन्दको पोल्टामा

basic photography workshop

ग्रेस इभेन्ट्स र मोडल सङ्स नेपाल प्रालिको प्रस्तुतीमा आयोजना गरिएको “ग्रेस सि सुपर स्टार नेपाल–२०१९” सौन्दर्य प्रतियोगिताको उपाधी प्रयुक्ता चन्दले जित्न सफल भएकि छिन् ।

राष्ट्रिय नाच घर जमल काठमाण्डौमा सम्पन्न उक्त कार्यक्रममा बिजेताले आयोजकको तर्फबाट उपाधी सहित आकर्षक गिफ्ट ह्याम्पर र छात्रवृति समेत प्राप्त गरेका छिन । मिख्याल सङ्मेन,मिग्मा शेर्पा क्रमशः प्रतियोगिताको फर्स्ट र सेकेण्ड रनरअप भए । मस्ट पपुलर तर्फ जेविस जोशी र अडियन्स च्वाइस् रन्जु सुन्चउरिले ताज अाफ्नो पोल्टामा हाल्न सफल भएको कुरा मोडल सङ्स नेपालका प्रमुख डेबिल सिंह राजपुतले जानकारि गराए ।

प्रतियोगिताको फोटो क्युपिड फोटो स्टुडियोका विन्द्र प्रजापति गरेका थिए । यस सौन्दर्य प्रतियोगिता मार्फत सि परीक्षा दिएर फुर्सदिलो भएर बसेका क्षमता र तिव्र इच्छा र चाहना हुदा हुँदै स्कुले जिवनमा व्यस्थ र पठन पाठनले सहभागी हुन नपाएका प्रतियोगिलाई मध्यनजर गर्दै , निराश भएर बसेका, सौन्दर्य र क्षमता भएर पनि सधै पछि परेका आफुलाई एक्सपोज गर्न डराईरहेका महिलाहरु तथा पुरूषहरुलाई उनीहरुको क्षमतालाइ अभिबृदी गर्दै समाजमा सकारात्मक संदेश फैलाउने उदेश्यले यस प्रतियोगिता गरिएको थियो ।
शिवानी रिजालले सन्चालन गरेको उक्त कार्यक्रममा कोरियोग्राफर दिवश भट्टराई र असिस्टेन कोरियोग्राफर मनिशा सापकोटाले एक महिनाभन्दा बढिको प्रशिक्षण पश्चात प्रतिस्पर्धीहरुलाई स्टेजमा उतारिएको थियो । कार्यक्रममा प्रतिस्पर्धीहरुको ड्रेस डिजाईन भने पेजेन्ट नेपालबाट फेसन डिजाईनर ममथा बस्नेतले गरेकि थिईन ।

कार्यक्रमको प्रमुख निर्णायकमा मोडल तथा नायक दिवश धिताल,शुशिला थापा ,सुजन रिमाल, नन्दा बस्याल , हेमन्त कुमार राई निर्णायक रहेका थिए ।

विभिन्न कलाकारहरूको रोचक प्रस्तुतीले कार्यक्रममा अझै रौनकता थपेको थियो साथै कार्यक्रमको प्रत्यक्ष प्रसारण यश टेलिभिजनले गरेको ग्रेस ईभेन्ट्सका प्रमुख सुरज थापाले जानकारी गराए ।

artistnepal-tv-ads