modeling workshop in nepal

गायक आदित्यनारायण झा कन्सर्टका लागि नेपाल आउँदै

basic photography workshop

नेपालमा अहिले विदेशी कलाकार तथा गायक गायिकाका लागि कार्यक्रम गर्ने राम्रो ट्रेन्ड बनेको छ । विशेषगरि, बलिउडका चर्चित कलाकार, गायक गायिकालाई नेपालमा ल्याएर कार्यक्रम गर्न नेपाली आयोजक पनि हौसिएका छन् । केही दिन अगाडि मात्र गायिका नेहा कक्कड नेपाल आएकी थिइन् । तर, उनको कार्यक्रम भने विवादित बन्यो ।

यसैविच, जुलाई ६ तारिख अर्थात असार २१ गते उनी काठमाण्डौको ठमेलमा रहेको क्लब फरेनहाइटमा आफ्नो लाइभ प्रस्तुत दिन गायक आदित्यनारायण झा पनि नेपालमा कन्सर्टका लागि आउँदैछन् । । उनले आफ्ना बलिउडसँगै हिट नेपाली गीत पनि प्रस्तुत गर्ने आयोजकले बताएको छ ।

आदित्यले आफ्नो फेसबुक एकाउण्ट मार्फत भिडियो सन्देशमा आफू जुलाई ६ मा नेपाल आउन लागेको जानकारी दिएका छन् । उनले भनेका छन् – ‘म आदित्यनारायण भिजिट नेपाल २०२० अन्र्तगट नै नेपाल आउँदैछु ।’ उनले नेपाली दर्शकसँग आफूले समय बिताउने भन्दै दर्शकलाई निम्तो समेत दिएका छन् ।

क्बल फरेनहाइटकै आयोजनामा हुन लागेको कार्यक्रममा प्रवेश गर्नका लागि दर्शकले १ हजार र १५ सयको टिकट काट्नुपर्नेछ ।

artistnepal-tv-ads