कसरी भएको थियो धान दिवसको सुरुवात ?

Written by ArtistNepal News

धान दिवसको सुरुवात:

असार १५ गतेलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गर्न वि.सं. २०६१ मा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघसमक्ष अनुरोध गरेका थिए । राष्ट्रसंघले धान वर्ष घोषणा गरेपछि नेपालले पनि राष्ट्रिय धान दिवस मनाउने निर्णय गरेको थियो ।

वि.सं. २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णयबाट वि.सं. २०६२ असार १५ गतेदेखि धान दिवस मनाउन थालिएको धान विज्ञ भोलामानसिंह बस्नेत बताउँछन् ।

मानिसलाई आवश्यक पर्ने क्यालोरीको २० प्रतिशत हिस्सा चामलमै निर्भर हुन्छ । विश्वका १ सय १४ मुलुकमा धान उत्पादन हुन्छ । सबैभन्दा बढी धान उत्पादन गर्ने मुलुक चीन हो भने त्यसपछि क्रमशः भारत, इन्डोनेशिया, बङ्गलादेश, भियतनाम, थाइल्याण्ड, म्यानमार, फिलिपिन्स, ब्राजिल तथा जापान छन् ।

कृषि विभागका अनुसार नेपालमा करिब १५ लाख ५२ हजार हेक्टर जमिनमा धान खेती भैरहेको छ । संसारकै सबैभन्दा उच्च स्थानमा धानखेती हुने नेपालको जुम्ला जिल्लाको छुमचौर हो जहाँ जुम्ली मार्सी जातको धानखेती लगाइन्छ ।

About the author

ArtistNepal News

आर्टिस्टसंसार डटकम, आर्टिस्टनेपाल द्वारा प्रकाशित अनलाईन पोर्टल हो। आर्टिस्टनेपाल न्युजका लागी सम्पादक, निर्देशक तथा फोटोग्राफर नव ढुङ्गेल हुन्। ढुंगेलकोबारे थप जान्न उहाँको व्यक्तिगत वेबसाईट https://navadhungel.com भ्रमण गर्नुहोस।