कमब्याक, झरना बज्राचार्य

सन् १९९७ मा भएको मिस नेपाल प्रतियोगिताको बिजयी झरना बज्राचार्य त्यसै बर्षको मिस वर्ल्ड को लागि प्रतियोगी मात्र बनिन र त्यसपछि उनी अचानक ग्ल्यामरको संसारमा प्रवेश गरिन् ।

प्रकाश सायमीको चलचित्र ‘हतियार’बाट रजतपटमा डेब्यु गरेकी झरनाले त्यसयता झरनाले २९ वटा नेपाली चलचित्रमा काम गरिन् । ५५ भन्दा बढी म्युजिक खेलिन् । सन २००४ मा हिन्दी चलचित्र ‘लभ इन नेपाल’ मा अर्धनग्न नृत्य प्रदर्शन गरेको कारण चर्चामा रहिन् र एउटा युरोपियन युवकसँग विवाह गर्ने घोषणा पनि गरिन, तर बिबाह भने हुन सकेन र उनी अचानक ग्लामर छेत्र बाट नै हराइन् ………….. ।

कही समय अगाडिको एक अन्तर्बार्तामा झरनाले भनेकि थिइन् – म सांसारिक चमकमा पूर्ण रूपमा होमिएकी रहेछु । म चुरोट खान्थें । वाइन पिउँथें । चाहिने -नचाहिने साथी बनाउँथें । म यति महत्त्वकांक्षी भएछु, समय छँटदै मैले र्फकनुपथ्र्यो । अहिले प्रयास गरिरहेकी छु………….. ।

झरना करिब ६ बर्षको अन्तराल पछि पुन:आलोक नेम्बाङको ‘कोही मेरो मार्फ़त नेपाली रजतपटमा प्रबेश गरेकी छिन् । नेपाली चलचित्रका जति दर्शक छन, प्राय: झरना बज्राचार्यका फ्यानहरुनै बढ़ी छन……….. ।

अहिले सम्म झरना अभिनित चलचित्र असफल मानिएपनि ‘कोही मेरो’बाट झरना पुन : ‘कमब्याक’ हुने छिन, आशा गरौं