modeling workshop in nepal

‘कबड्डी कबड्डी कबड्डी’ को पहिलो गीत सार्वजनिक, उपासनाको प्रेममा दयाहाङ, कर्मा र विल्सन विक्रम राई

basic photography workshop

यस वर्षको बहुप्रतिक्षीत फिल्म मध्येको एक ‘कबड्डी कबड्डी कबड्डी’ को पहिलो गीत सार्वजनिक भएको छ । यसअघि सार्वजनिक भएको टीजरलाई दर्शकले अत्याधिक रुचाएपछि निर्माण टिमले फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा लोक लयको ‘दुबो फूल्यो’ बोलको गीत सोमबार सार्वजनिक गरेको हो । यो गीतले बजार तताउने छनक देखाएको छ ।

एसडी योगीको संगीत रहेको गीतको शब्द हर्क साउदले लेखेका हुन् । गीतमा गायक हेमन्त राना र रितिका श्रेष्ठले आवाज भरेका छन् । गीतको निर्देशन रेनशा वान्तवा राईले गरेकी हुन् भने कोरियोग्राफी वाइल्ड रिपर्ज ग्रुपको छ ।

गीतको भिडियोमा फिल्मका प्रमुख कलाकारहरु दयाहाङ राई, कर्मा शाक्य, उपासना सिंह ठकुरी र विल्सन विक्रम राई प्रमुख फिचर्ड छन् । बुद्धि तामाङ, माओत्से गुरुङ, विजय बराललगायत कलाकारहरुलाई पनि गीतको भिडियोमा अटाइएको छ ।

निर्माण टिमले यही गीतमाथि कभर भिडियो प्रतिस्पर्धा पनि आयोजना गरेको छ । पहिलो, दोस्रो र तेस्रोलाई क्रमशः १ लाख, ७५ हजार र ५१ हजार रुपैयाँ पुरस्कार छ । सार्वजनिक गीतको अडियो र भिडियो दुबै उत्कृष्ट बनेको छ ।

artistnepal-tv-ads