modeling workshop in nepal

‘कबड्डी कबड्डी कबड्डी’ मा उपसनाको हिरो कर्मा र दया

basic photography workshop

रामबाबु गुरुंगको निर्देशनमा बन्ने फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ निर्माणको औपचारिक घोषणा गरिएको छ । ‘कबड्डी’ को तेस्रो सिरिजका लागि कलाकारको लाइनअप पूरा भएको छ । लामो समयदेखि फिल्ममा अभिनेता प्रदीप खड्काको प्रवेश हुने चर्चा थियो । आफूलाई ‘स्टार’ बनाएको ‘प्रेमगीत’ को तेस्रो सिरिजमा व्यस्त हुने भएपछि उनले ‘कबड्डी कबड्डी कबड्डी’ बाट हात झिकेका छन् ।

फिल्ममा दयाहांग राई, कर्म शाक्य, उपसना सिंह ठकुरी, बुद्धि तामांग, बिजय बराल लगायत कलाकारहरु रहनेछन् । सोमवार राजधानीमा एक कार्यक्रमका बीच यस फिल्म्को औपचारिक निर्माण घोषणा गरिएको छ । सो फिल्ममा अभिनेता अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’ बाट सुखद डेब्यू गरेकी अभिनेत्री उपासना सिंह ठकुरीको लिड रोल रहनेछ ।

‘कबड्डी’ को तेस्रो सिरिज स्वजातिय विवाह र अन्तर्जातिय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथामा आधारित हुनेछ । फिल्ममा सुलभ पहारी, याम भण्डारी, किरण लिम्बु सहायक निर्देशक र सिजन दाहाल, क्रिस लामा मुख्य सहायक निर्देशकको रुपमा छन् ।

artistnepal-tv-ads