modeling workshop in nepal

‘कबड्डी कबड्डी कबड्डी’को अफिसियल टिजर सार्वजनिक

basic photography workshop

काठमाडौं – फिल्म ‘कबड्डी’को तेस्रो सिक्वेल ‘कबड्डी कबड्डी कबड्डी’को अफिसियल टिजर सार्वजनिक गरिएको छ । रामबाबु गुरुङको निर्देशन रहेको फिल्मले १ मिनेट २९ सकेण्ड टिजर ल्याएको हो ।

कबड्डीको दोस्रो सिक्वेल जहाँ पुगेर अन्त्य हुन्छ फिल्मको तेस्रो श्रृंखला ‘कबड्डी कबड्डी कबड्डी’ को त्यहिबाट कथा सुरु हुने टिजरबाट प्रष्ट हुन्छ । फिल्ममा दयाहाङ राई, उपसाना सिंह ठकुरीसँग रोमान्स गर्नेछन् । विवाह र अन्तरजातीय प्रेम सम्बन्धमा आधारित रहेको यस फिल्मका कथा निर्देशक स्वयं र उपेन्द्र सुब्बाको रहेको छ ।

१३ भाद्र प्रदर्शन मिति घोषणा गरेको फिल्मको टिजरमा अभिनेता दयाहाङ राई (काजी) रीश्मा गुरुङ ‘मैना’ लगायतको अभिनय देखिएका छन् । टिजरमा अभिनेत्री उपासना सिंह ठकुरीसँग दयाहाङसँगको प्रेम र रोमान्स पनि देखाइएको छ ।

artistnepal-tv-ads