अन्तर्राष्ट्रिय मंचमा नेपाली बालिकाहरुलाई अवार्ड

Written by ArtistNepal News

काठमाडौँ –  गत जुन २६ देखि जुलाई १ तारिखसम्म सिंगापुरमा संचालन भएको बालबालिका तथा किशोरकिशोरी सम्बन्धीत अन्तर्राष्ट्रिय कार्यक्रम एशिया प्यासिफिक ब्युटी, फेसन एण्ड फ्रेन्डशीप फेस्टिभल २०१९ मा टिम नेपालले सफलता प्राप्त गरेको छ । जसमा नेपालबाट पाँच जना बालिकाहरुको सहभागिता रहेको थियो । टिम नेपालको सदस्यहरुमा यांशु श्रेष्ठ, सुखी प्रधान, कृष्टिना खड्का, स्टेला शाह र मिनाल केसी थिए ।

उल्लेखीत कार्यक्रम अन्तर्गतको प्रतियोगितामा ११ वर्षिया कृष्टिना खड्काले लिटिल एशिया प्यासिफिक प्रिन्सेस् २०१९ को उपाधि जितेकी छिन् भने ८ वर्षिया स्टेला शाहले मिनी एशिया प्यासिफिक प्रिन्सेस् २०१९ को अवार्ड विजेता बनेकी छिन् । यसैगरी ११ वर्षिया यांशु श्रेष्ठले प्रिटिन समुहमा फस्ट रनर अप तथा वेष्ट पर्सनालिटी र वेष्ट इन बीच स्वीम वेयर जित्न सफल भइन् । प्रतियोगितामा ८ वर्षिया मिनाल केसीले वेष्ट स्माइल अवार्ड प्राप्त गरिन् भने ९ वर्षिया सुखी प्रधानले वेष्ट पार्टी वेयरको अवार्ड जितिन् । उनी ट्यालेन्ट पर्फमेन्स तर्फ दोस्रो स्थानमा रहन सफल भइन् ।

सो प्रतियोगितामा सहभागी हुनुपूर्व सबै सहभागिहरुले कोरियोग्राफर रोजिन शाक्यबाट अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागिता सम्बन्धीत अभिमुखीकरण र प्रशिक्षण प्राप्त गरेका थिए । यी पाँचै जना नेपाली प्रतिधिनिहरु इन्टरनेसनल किड्स अफ इयरका लागि नेपालको आधिकारिक संस्था इभेन्ट बेटर ग्यालेक्सीको संयोजन र व्यवस्थापनमा सिंगाप’र प्रस्थान गरेका हुन् ।

About the author

ArtistNepal News

आर्टिस्टसंसार डटकम, आर्टिस्टनेपाल द्वारा प्रकाशित अनलाईन पोर्टल हो। आर्टिस्टनेपाल न्युजका लागी सम्पादक, निर्देशक तथा फोटोग्राफर नव ढुङ्गेल हुन्। ढुंगेलकोबारे थप जान्न उहाँको व्यक्तिगत वेबसाईट https://navadhungel.com भ्रमण गर्नुहोस।