एक दशकपछि पुर्न आमिर र करिना सँगै काम गर्दै

Written by Artist Sansar

मुम्बई । बलिउड अभिनेता आमिर खानले अभिनेत्री करिना कपुरसँग तेश्रो पटक काम गर्ने पक्का भएको छ। अभिनेता आमिर खानले आफ्नो नयाँ फिल्म ‘लाल सिंह चड्ढा’को नायिकाका रूपमा करिना कपुर खानलाई रोजेका छन् । आमिरसँगको वार्तालापपछि निर्माण पक्षले यो फिल्ममा करिनालाई मुख्य नायिकाका रूपमा अनुबन्धित गरेको छ ।

आमिर र करिनाले एक दशकपछि सँगै काम गर्न लागेका हुन् । आमिर र करिनाले राजकुमार हिरानीको फिल्म ‘थ्री इडियट्स’मा सँगै काम गरेका थिए । करिनासँग फेरि फिल्ममा काम गर्दा रमाइलो अनुभव हुने आमिरको भनाइ छ ।

फिल्ममा करिना अनुबन्धित भएपछि अब लाल सिंह चड्ढाको छायांकन सुरु हुने भएको छ । अन्य कलाकारको चयनपछि निर्माण पक्षले अभिनय कार्यशाला पनि सुरु गरिसकेको छ ।

About the author

Artist Sansar