modeling workshop in nepal

ऋतिक र दीपिका पहिलो पटक एकसाथ स्क्रिनमा देखिदै

basic photography workshop

बलिउड अभिनेता ऋतिक रोशन र दीपिका पहिलो पटक एकसाथ स्क्रिनमा देखिने भएका छन् । बलिउड अभिनेत्री दीपिका पादुकोणले हालैमा फिल्म ‘छपाक’ को छायांकन पूरा गरेकी छन् । उता, अभिनेता ऋतिक रोशन अहिले नयाँ फिल्म ‘सुपर ३०’ को प्रमोसनमा छन् । यसबीच, यी दुईको हातमा एक अर्को ठूलो फिल्म आएको छ ।

एक रिपोर्टका अनुसार दीपिका र ऋतिकले निर्देशक फराह खानको नयाँ फिल्ममा साथमा काम गर्न लागेका हुन् । निर्देशक तथा निर्माता रोहित शेट्टीले निर्माण गर्ने फिल्म ‘सत्ते पे सत्ता’ को रिमेकमा दुईले स्क्रिन साझेदार गर्न लागेको जानकारी प्राप्त छ । यद्यपि, यस विषयमा निर्माण टिमले कुनै जानकारी दिएको छैन ।

रिपोर्टका अनुसार फिल्ममा ऋतिक रोशन ‘सत्ते पे सत्ता’ का लिड अभिनेता अमिताभ बच्चनको भूमिकामा देखिनेछन् । भने, दीपिका हेमा मालिकीको भूमिकामा प्रस्तुत हुनेछिन् । हेमाले निभाएको भूमिका दीपिकालाई फिट हुने भएका कारण फराह र रोहितले उनलाई लिने निर्णय लिएका हुन् ।

जब दीपिकाले फिल्ममा डेब्यू गरेकी थिइन्,, तब सबैले उनी र हेमाबीच धेरै कुरामा समानता रहेको बताएका थिए । जब फराहले दीपिकालाई फिल्मको कहानी सुनाइन्, तब उनलाई निकै मनपर्‍यो र तुरुन्तै फिल्म गर्न राजी भएकी थिइन् । अहिले उनी फिल्म ‘८३’ मा व्यस्त छिन् । यसमा उनले रणवीर सिंहसँग रोमान्स गर्दैछिन् ।

artistnepal-tv-ads