आसामी चेलीको मिलन लोकार्पण

Written by ArtistNepal News

गायिका मिलन आमात्यको पहिलो नेपाली एकल एल्बम ‘मिलन’को बानेश्वर स्थित ईन्द्रेणी फुडल्याण्डमा चर्चित गायक प्रेमध्वज प्रधानले बिमोचन गर्नु भएको छ

बिगत दश बर्षदेखी आसामी , राजस्थानी लगायतका बिभिन्न भाषामा आफ्नो सुमधुर स्वर प्रस्तुत गरिसकेकी गायिका मिलन आमात्यको पहिलो नेपाली एकल एल्बम ‘मिलन’को बानेश्वर स्थित ईन्द्रेणी फुडल्याण्डमा चर्चित गायक प्रेमध्वज प्रधानले बिमोचन गर्नु भएको छ। पारिवारिक बाताबरणनै सांगीतिक भएकोले सानैदेखी संगीतमा आकर्षित भएकी मिलनले गुहावतीका चर्चित संगीत सर्जक सुवाषदाश संग सुरगंगा सास्त्रीय बिद्यालयबाट शास्त्रीय संगीतमा बिशारत सम्मको अध्ययन गरेकी छिन् ।

सन् २००३ को अक्टोबर ३० मा अलइंडिया म्युजिकल कम्पिटिसनमा फष्ट रनरअपको उपाधि समेत प्राप्त गरेकी मिलनको हालसम्म नेपाली भाषामा कान्छी, मेरो मन, आशा, तृष्णा, बाडुली र मायाँ को ईन्द्रेणीमा गरि १० एल्बममा आफ्नो सुमधुर आवाज प्रस्तुत गरिसकेकी छिन् भने आसामी र राजस्थानी लगायतका ४० ओटा एल्बममा स्वर दिईसकेकी छिन् । हालसम्म ३०० ओटा गितमा स्वर भरिसकेकी मिलन भारतको कोलकत्ता, दिल्ली, मुम्बई, चेन्नई, जयपुर, नागपुर, सिलिगुडी, गान्तोक, दार्जिलिंग लागायत नेपालका काठमाण्डौ, बिराटनगर, धरान ,पोखरा र बिरगंजमा आफ्नो प्रस्तुती देखाईसकेकी छिन्।

७ ओटा गित संग्रहित मिलन एल्बममा विजय कट्टेल, अनिल स्थापित,सुशील सापकोटा,बि.बि. अनुरागी, सुमन श्रापितको शब्दमा कल्याम सिंह, बि.बि. अनुरागी, विजय कट्टेलको संगीत सुन्न सकिने छ ।

About the author

ArtistNepal News

आर्टिस्टसंसार डटकम, आर्टिस्टनेपाल द्वारा प्रकाशित अनलाईन पोर्टल हो। आर्टिस्टनेपाल न्युजका लागी सम्पादक, निर्देशक तथा फोटोग्राफर नव ढुङ्गेल हुन्। ढुंगेलकोबारे थप जान्न उहाँको व्यक्तिगत वेबसाईट https://navadhungel.com भ्रमण गर्नुहोस।