आर्टिष्ट नेपालका सिईओ तथा कलाकार राजेन्द्रलाई अन्तराष्ट्रिय राईजिङ स्टार अवार्ड

काठमाडौं। राजधानीको तारे होटल अन्नपुर्ण दरबारमार्गमा शनिवार एक कार्यक्रमको आयोजना गरि नेपालका कलाकार तथा सञ्चारकर्मीलाई ‘इन्डो नेपाल हार्मोनी अवार्ड २०१७’ प्रदान गरिएको छ । नेशनल इस्ट्च्यिुट फर एजुकेशन भारत र एसिएस मिडिया कर्पोरेसनको संयुक्त आयोजनामा अवार्ड प्रदान गरिएको हो । उक्त कार्यक्रममा संचार तथा कलाकारिता क्षेत्रमा बिसेष योगदान पुर्याए बापत संचारकर्मी तथा मोडल राजेन्द्र लुईटेललाइ अन्तराष्ट्रिय राईजिङ स्टार अवार्ड २०१७ बाट सम्मानित गरिएको थियो । उनि संग संगै नेपाल बाट अवार्ड पाउनेहरुमा सरोज खनाल, किरण केसी, सारिका घिमिरे लगायतका रहेका छन् ।उक्त कार्यक्रममा भारतका व्युटिसियन भारती तनेजा, ज्योतिष जय मदानलगायतका नेपाल तथा भारतका विभिन्न पेशा तथा व्यवसायमा संलग्न व्यक्तिहरुलाई पनि विभिन्न विद्यामा अवार्ड प्रदान गरिएको थियो ।कार्यक्रममा पशुपतीनाथ मन्दिरका मुख्य पुजारी रावल श्री गणेश मुल भट् प्रमख अतिथी तथा नेपाल केशरी डा. श्रीमनी भद्र मुनीजी महाराज विशेष अतिथी रहेका थिए । यो वर्ष नेपालमा अवार्ड वितरण गरिएको छ भने अर्को वर्ष भारतमा गर्ने आयोजक संस्थाले जनाएको छ ।कार्यक्रमका मुख्य आयोजक संस्थाका प्रमुख प्रो. डा. अभिराम कुलश्रेष्थले नेपाल भारत संस्कृतिलाई निकट एवम् दुवै देशका नागरिकहरुबीच आत्मीयता, सदभाव कायम राख्न मद्दत पुग्ने अपेक्षा विश्वास व्यक्त गरे ।

Categories:


Comments are closed.