modeling workshop in nepal

आमा बनेपछि यस्तो देखीइन नायिका निशा अधिकारी

basic photography workshop

समय अनुसार सोसियल मिडियाका भित्ता रङिने गर्दछन । नायिका निशा अधिकारीलाई तपाइले फेसबुक वा इन्स्टाग्राममा पच्छ्याउनु भएको छ भने, याद गर्नुभएकै होला, कुनै समय धेरै भन्दा धेरै फोटोसुट, बिज्ञापन, तथा चलचित्रका पोस्टरले रङिने गरेको नायिका निशा अधिकारीको फेसबुक तथा ईस्टाग्राम यतिबेला उनले हालसालै जन्म दिएको बेबीको फोटोले भरिएको छ ।

क्रिकेटर शरद भेष्वाकरसँग बिहे गरेकी निशाले गर्भवती भएको केही महिनामै अमेरिका पुगेकी थिईन । आफ्नो बढ्दै गरेको पेटको तस्बिर खुबै पोष्ट गर्ने गरेकी निशाले अमेरिकामै छोरालाई जन्म दिएकी हुन । उनले छोराको नाम ‘यूभान निशारद’ राखेकी छिन् । आफ्नो छोराको फेसबुकमार्फत दैनिक जसो नै फोटोहरु पोस्ट गरिरहेकी हुन्छिन । उनको कपाल झर्ने गरेको कारण कपाल पनि निकै छोटो पारेकी छिन् ।

चलचित्र ‘झ्यानाकुटी’ रिलिजपश्चात अमेरिका लागेकी निशाले सिमोस सुनुवार निर्देशित चलचित्र मिसन पैसाबाट नेपाली चलचित्र क्षेत्रम प्रवेश गरेकी थिईन । सन् २०१३ मे १ का दिन सगरमाथाको सफल आरोहण समेत गरेकीले निशाले चलचित्र आउनु पुर्ब ब्युटिप्याजेन्ट, टेलिचलचित्र, हुँदै कान्तिपुर टिभीमा भिजेको काम पनि गरिन । उनी म्युजिक भिडियो , बिज्ञापन हुँदै चलचित्रमा प्रबेश गरेकी हुन ।

artistnepal-tv-ads