modeling workshop in nepal

अष्ट्रेलियाका बालमैत्री उत्पादनको प्रवद्र्धन गर्दै गायक अनिल सिंह

basic photography workshop

काठमाडौं– गायक अनिल सिंह सांगीतिक क्षेत्रमा मात्र सक्रिय छैनन्, सामाजिक तथा प्रवद्धनात्मक कार्यमा पनि उत्तिकै सक्रिय छन् । अष्ट्रेलियामा उत्पादन भएको नेचर्स वे ब्राण्डको प्रवद्धनात्मक दूतको रुपमा नियुक्त भएसंगै गायक सिंह ती उत्पादनको प्रवद्र्धनमा खटिएका छन् ।

काठमाडौंका लाजिम्पाटस्थित सिसम वल्र्ड मन्टेश्वरीमा आयोजित हेल्थ क्याम्पमा गायक सिंह नेचर्स वेका पा“च वटा बाल मैत्री उत्पादनसहित प्रस्तुत भए । बालबालिकाको स्वास्थका लागि उपयोगी ती पा“च वटा ब्राण्डलाई नेपालको प्रतिष्ठित डाक्टर साथी फार्मेसीले नेपाल भित्राएको हो । बुधवार काठमाडौंमा आयोजित हेल्थ क्याम्पमा गायक सिंह सहित डाक्टर साथीका सन्तोष बर्तौलाले मन्टेश्वरीका बालबालिकामाझ ती उत्पादनहरु प्रदर्शन गरे । त्यसक्रममा गायक सिंहले बालबालिकाहरुलाई विभिन्न उपहारहरु समेत प्रदान गरे ।

कार्यक्रममा नेपाल भित्राइएका नेचर वेका उत्पादनहरु प्रोबायोटिक ड्रप्स, किड्स स्मार्ट बर्सलेट्स ओमेगा–३ फिस ओयल फ्रुटी, क्याल्सियम प्लस भिटामिन डिथ्री, भिटा गमिज आदि उत्पादनहरु छन् । यी उत्पादनहरु अष्ट्रेलियाका बालबालिकाहरुमाझ अत्यन्त लोकप्रिय छन् ।

अष्ट्रेलियाको गुणस्तरीय उत्पादन नेपाली बालबालिकाहरुले पनि प्रयोग गर्न पाउनु पर्छ भन्ने उदेश्यले आफू यो उत्पादनको प्रवद्धनमा सक्रिय भएको गायक सिंहले स्पष्ट पारेका छन् । डाक्टर साथीका बर्तौलाका अनुसार ती उत्पादनहरु अनलाइन सपिङमार्फत प्राप्त गर्न सकिनेछ ।

artistnepal-tv-ads