modeling workshop in nepal

अनमोल केसी र सलिन मान बानियाँमा बाजी कसले मार्ला ???

basic photography workshop

यस वर्ष आशा गरिएका ठुला फिल्महरुले हलमा कुनै कमाल गर्न सकिरेहेको छैनन। कति चलचित्र हालमा आएर गए कुनै पत्तो छैन। जसले गर्दा निर्माता निर्देशकहरुले ठुलो घाटा खेप्नु पर्यो। भोलि बाट दुई ठुला स्टरर फिल्म ‘ ए मेरो हजुर ३ ‘ र ‘ यात्रा ‘ प्रदर्शनमा आउदै छ। यी दुई चलचित्रको व्यापार कस्तो होला भन्ने कौतुहलता सबैमा छ । यूवापुस्तामाझ लोकप्रिय मानिएका नायक अनमोल केसी र चकलेटी नायक सलिनमान बनियाँको अभिनय रहेका कारण पनि यी दुई चलचित्रलाई लिएर कौतुहलता बढ्नु स्वभाविक हो।

‘ ए मेरो हजुर २ ‘ बाट नायक सलिनमान बानियाँले डेब्यु गरेका थिए। यसै चलचित्रको सिक्वल ३ मा अनमोललाई देख्न सकिने छ। जसमा अनमोललाई केसीलाई एक सुपर स्टार गायकको रुपमा देखाइएको छ। नायिका तथा निमार्ता निर्देशक झरना थापाकी छोरी सुहाना थापा यसै चलचित्र बाट डेब्यु गर्दै छिन।

ठूलो लगानीमा निर्माण भएको ‘ यात्रा ‘ चलचित्रले घरेलु बजारबाट लगानी उठाउन मात्र ९ देखि १० करोडमाथि व्यापार गर्नुपर्ने छ। भोलीबाट रिलिज हुने यी दुई चलचित्रलाई मल्टिप्लेक्समा केही समस्या परेको छ । भोली शुक्रबार मल्टिप्लेक्समा ९ वटा चलचित्रले शोज पाएका छन् । वितरकको चर्को राजनीतिकका कारण केही अंग्रेजी चलचित्र समेत जर्बजस्ती यो मितिमा रिलिज भएका छन् । यसैले पनि दुई नेपाली चलचित्रले कम शो पाएका छन् । काठमाण्डौको ठूलो चेन भएको क्यूएफएक्समा चलचित्र ‘ए मेरो हजुर ३’ले ११ शोज पाएको छ । यस्तै, ‘यात्रा’ले भने ७ शोज पाएको छ । यी दुबै चलचित्रका लागि यो शोज कम हो । अंग्रेजी चलचित्र धेरै भएकाकारण दुई नेपाली चलचित्रले कम शोज पाएका हुन्।

मैदानमा उत्रिएपछि जित र हार भनेको हुन्छ नै । यी दुई चलचित्रले दर्शकहरुलाई हाल सम्म तान्न कतिको सफल हुने हो त्यो त हेर्न बाकि नै छ।

 

artistnepal-tv-ads