पहिलो गीत बाटै चर्चा कमाए गायक युसुफले

Written by Artist Sansar

नेपाली साँगितिक बजारमा पहिलो गीतबाट चर्चा कमाउने संगीतकर्मीहरुको लिस्ट अत्यन्तै कम छ । संगीतमा लागेको धेरै बर्षपछी मात्र चर्चा कमाउनेको सन्ख्या भने लामै छ । तर आफुले गाएको पहिलो गीतको चौतर्फी प्रसंशा पाउने थोरै भाग्यमानी गायक मध्ये एक हुन युसुफ खान ।

युसुफ रोजगारीको लागि खाडी मुलुक कतार गएको नि धेरै भैसकेको थियो । कतारमै आयोजना हुने बिभिन्न सांगितिक कार्यक्रममा प्रस्तुती दिने गरेका उनी साथीभाइको हौसलाले गायक बन्ने सपना देख्न थाले । आफ्नो आवाजलाई न्याय दिने संगीतकार खोज्ने क्रममा संगीतकार कल्याण सिंहको नजिक पुगे । कल्याणले उनको आवाज सुने र उनको आवाजलाई मेल खाने कम्जोज तयार पारीदिए । डोरमी स्टुडियोमा प्रदिप जोशीले कम्पोजको मर्म अनुसार एरेन्ज पनि गरिदिए । र गायक युसुफको ‘तिम्रो नयन..’ गीत स्टुडियोमा सुन्ने सबैले आशा गरिएको गीत बन्यो ।

म्युजिक भिडियोको लागि आर्टिस्ट नेपाल पुगेका युसुफ संस्थाका संचालक एबं म्युजिक भिडियो निर्देशक नब ढुंगेलले पहिलो पटक गीत सुने पछी उनको आवाजको प्रसंशा गरेका थिए । म्युजिक भिडियो तथा बिज्ञापन निर्देशनमा आफ्नो पहिचान बनाईसकेका निर्देशक नव ढुंगेलले यस् गीतको म्युजिक भिडियो निर्माण गरेका हुन ।

म्युजिक भिडियोमा मोडलिंग क्षेत्रमा डेब्यु गरेका समिम खानलाई मोडल तथा नायिका अनु शाहले साथ दिएकि छिन् । जे एस कृयसन हाउसको ब्युटिफुल वार्डड्रबमा तथा नन्दा अधिकारीको मेकअपमा दुबै आर्टिस्टहरु आकर्षक देखिएका छन । अमृत सुनुवारको छांयांकन र माधव बेल्बासेको सम्पादन रहेको भिडियो धादिङको रमणीयस्थल बेनिघाट बिगफिगमा सुटिङ गरिएको थियो ।
हेर्नुहोस् भिडियो

About the author

Artist Sansar