कलाकार प्रदीप सिंहको निधन

Written by Artist Sansar

दु:खद खबर । आदरणिय कलाकार प्रदीप सिंह प्रती श्रदान्जली !!!!

आर्टिस्ट संसार , काठमाडौं ।

कलाकार प्रदिप सिंहको निधन भएको छ । ​ मिर्गौलामा आएको समस्याका कारण उपचारत  सिंहको कलकत्तामा उपचारको क्रममा ५९बर्षको उमेरमा निधन भएको हो । २ बर्ष अघी अचानक स्वास्थ्यमा समस्या देखिएर हस्पिटल भर्ना भएका कलाकार सिंह दुबै किड्नी खराब भएको थाहा पाएपछी आफ्नो फेसबुकमा यसरी मिर्गौला दानको लागि आग्रह गरेका थिए ।

artist pradeep singh facebook post

[सेकेन्ड, मिनेट, घण्टा, शायद केही दिनहरु गन्ती गर्दै बसिरहेछु, मृत्‍युलाई पर्खिएर । कम्प कम्प गरी आएको भुकम्पले शिव तान्डव प्रस्तुत गर्दा श्रीसम्पत्ति, घर , परिवार मृत्‍युशैय्यामा सुतिरहदा कसका नयनबाट अश्रु सिन्धु नबग्ला ? यस्तो लाग्छ, सुतिरहेका लाशहरुका उपर धुलाम्मे भग्नावशेशका मुन्तिर बसेर राष्ट्रका खातिर एउटा सास्कृतिक सिपाही महाभुकम्पका आगे युद्ध लडिरहेछ । जीवन त के रहेछ र ? उही पेन्सिल जस्तै त रहेछ नि । तिखार्दै गर्दा सिद्धिदै जाने । सिद्धिनु अघि केही स्रिजना गर्नु पर्ने रहेछ देश बनाउनका खातिर । भुकम्पले प्रहार गरेको विराट्मान क्षेप्याश्त्रका आगे मेरा दुई भाइ म्रिगौलाले पानी समेत भन्न पाएनन् । –डायलोसिसको फेजमा छु , अर्थात् मृत्‍युको एक स्टेसन निकट अाइपुगेको छु । कसम ! भुकम्पसँग म हार्न चाहन्न । अझै सास्कृतिक योद्धा भएर देश बनाउने रहर छ । समयले नेटो काट्नु अघि नै सभा तीन करोड भगवानहरुसँग प्रार्थना गर्न चाहन्छु कि यो आर्यघाटमा मृत्‍युलाई पछार्नका खातिर एक भाइ म्रिगौला राहतका निम्ति हजुरहरुका आगे यो शिर झुकेको छ छड्के सलामी टक्क्रयाउदै ।

– व. कलाकार प्रदीप सिंह ।]

२०१५ साल असार १४ गते बौद्ध मा जन्मेका प्रदीप सिंह २०४१ मा नीर शाहद्धारा निर्देशित पच्चीस बसन्त बाट चलचित्र अभिनयमा प्रवेश गरेका थिए । ३५ भन्दा बढी चलचित्रमा अभिनय गरिसकेका प्रदीप सिंहले आफ्नो स्वरमा गीति अल्बम पनि प्रकाशित गरेका छन् । उनले ४० भन्दा राम्रा टेलिफिल्म मा अभिनय गरेका छन् । विजयवहादुर सिंह र रोज सिंहका छोरा प्रदीपले आई एस्सी सम्मको अध्ययन गरेका छन् । नेपाली रंगमञ्चमा श्री समूह मार्फत् प्रवेश गरेका कलाकार प्रदीप सिंह एक प्रख्यात निर्माता एवम् कलाकार हुन् ।

उनको निधनको खबर पछी धेरै कलाकारले सोसियल मिडियामा दु:ख ब्यक्त गरेका छन । आज उनको पार्थिव शरीर कलकत्ताबाट काठमान्डू ल्याइँदैछ । उहाको अन्तिम श्रदान्जलीको लागि ३.३० बजे प्रज्ञा भवन, कमलादीमा राखिने कलाकार संघ तथा नेपाल फिल्म सोसाईटीले बताएको छ ।

About the author

Artist Sansar