फेसन संबाद – रेखा मोदी

Written by Artist Sansar

विगत १० बर्षदेखी आफुलाई फेशन डिजाइनरको क्षेत्रमा छुट्टै पहिचान राख्न सफल भएकीरेखा मोदी सँग नेपालमा फेसनको सम्भाब्यता लगायात बिबिध बिषयमा गरिएको फेसन संबाद :

भारतमा जन्मिएर नेपाललाई कर्मभुमी बनाएकी रेखा मोदी पेशाले एक सफल फेशन डिजाइनरको रुपमा उदाएकी छन् । फेशन डिजाइनमा IEC बागबजारबाट डिप्लोमा गरी आफ्नो क्षेत्रलाई अगाडी बढाइरहेकी उनी विगत १० बर्षदेखी आफुलाई फेशन डिजाइनरको क्षेत्रमा छुट्टै पहिचान राख्न सफल भएकी छन् । उहासँग नेपालमा फेसनको सम्भाब्यता लगायात बिबिध बिषयमा गरिएको फेसन संबाद :-
१) तपाइको दिनचर्या कसरी व्यतित भईरहेको छ ?
-आजकाल नयाँ प्रोजेक्टमा लागीरहेको छु । Haute Couture Fashion Fiesta मा प्रोफेशनल फेशन डिजनइनरमा आबद्ध भएको छु । त्यसैमा समय दिइरहेको छु ।
२) जन्मभुमी चटक्कै बिर्सेर कसरी नेपाललाई कर्मथलो बनाउने सोच उजागर भएर आयो ?
-जन्म भुमी भारतनै भएपनि सानै उमेरदेखी नेपाललाई दोस्रो घर बनाई नेपाललाई कर्मथालो बनाएको छु । IEC मा फेशन डिजाइन अध्ययन गर्दैदेखी नेपालमा फेशन डिजाइनको क्षेत्रमा केही गर्न सकिन्छ कि भनी यसैमा लागीरहेको छु ।
३) नेपालको फेशन डिजाइनको क्षेत्रमा कहाँ कहाँ आवद्धता जनाउनुभयो ?
-जब म फेशन डिजाइन पढ्न थाले त्यस पछि यहाँ हुने विभिन्न फेशन शो तथा फेशनमा आबद्ध शो हरुमा सहभागिता जनाइसको छु । जस्तै साप्ताहिक डिजाइनर कन्टेस्ट सन् २००८, टिजिआईफ नेपाल फेशन विक सन् २००९ , डिजाइनर अफद इयर सन २०१३ , फेशन मेनिया २०१७ आदी ।
४) नेपालमा फेशन बजार र यसको प्रभावकारीता कत्तिको देख्नु भएको छ ?
-नेपालमा फेशन बजारको कुरा गर्नेहोभने हाल आएर फेशन सम्बन्धि बजार राम्रो हुदै गएको । मानिसहरुमा फेशन धेरैकुरा जानकारी राख्नथालेका छन् । नेपालमा हुन थालेका विभिन्न फेशनसँग सम्बन्धित शोहरुले पनि मलजल गरेजस्तो लाग्छ । यसका अलवा सोसल मिडियाकोपनि धेरै हात रहेकोछ ।
५) नेपालमा फेशन डिजाइनको सम्भावना कस्तो छ ?
-फेशन डिजाइनको सम्भावना र सम्भाव्यता धेरै छ । नेपालमा हाल आएर फेशन प्रति मानिसको लागाभ बढ्न थलेको छ भने यस क्षेत्रको सम्भावना नेपालमा मात्र नभएर विदेशमा पनि बढीरहेको छ । तर पनि नेपाल र भारतको खुल्ला सिमानाले गर्दा उताबाट सस्तोमा सामान आउने र मानिसले सामानको क्यालिटि नहेरी किन्ने हुनाले सबैलाई नकरात्मक प्रभाव परेको पाइन्छ ।
६) नेपालमा बुटिक ब्यवसायलाई कुन रुपमा लिइन्छ
– सामान्यतया मानिसहरुले बुटिक भन्ने बितिकै सामनको दाम धेरै महंगो पर्छ भन्ने सोच रहिआएको पाउन सकिन्छ । मानिसहरुलाई फेशन सम्बन्धि जानकारी भएतापनि कपडाको बारेमा पुर्ण ज्ञाननहुने हुनाले उनिहरु सस्तोको पछाडी दौडिने गर्दछन् । हामी ग्राहाकलाई उचित दाममा उच्चस्तरिय कपडा साथै उत्कृष्ट डिजाइन पनि दिन्छौं । हामी ग्राहाकको इच्छा अनुसारको डिजाइन, कपडा उपलब्ध गराउछौ भने ग्राहाकले चाहेमा हामी लुगाहरु भाडामापनि दिदै आएकाछौं । हालआएर लुगा कपडाको बुटिकमा आएर नयाँ डिजाइनको बनार लगाउने प्रचलन बढ्दैछ, विशेषगरि विभिन्न चाडबाढको लुगाको खरिदमा ।
७) Haute Couture Fashion Fiesta बाट कस्तो अपेक्षा गर्नुभएको छ ?
यस प्रतियोगितामा म मेरो बुटिक पेज ३ बाट सहभागिता जनाउन लागीरहेको छु । अन्तराष्ट्रिय स्तरको शो भएकाले पनि होला यसबाट मैले धैरै अपेक्षा गरेको छु । यस प्रतियोगितामा राम्रोगर्न सकेमा पक्कैपनि नेपाली फेशन डिजाइनरको रुपमा अन्तराष्ट्रिय अवसर साथसाथै मेरो र मेरो बुटिकको बारेमा धेरैलाई जानकारी गराउन सक्छुकी भन्ने लागिरहेको छ । यस प्रतियोगितामा मैले ५ जना मोडलाको लागि उत्कृष्ट डिजाइनका साथमा र्याम्पमा ओराल्ने विचारमा छु ।

About the author

Artist Sansar