बेनिशा पौडेलको नयाँ भिडियो ‘आँखैमा’ सार्वजनिक ( भिडियो)

Written by Artist Sansar

नेपालकै पहिलो फ्रेन्चाईजमा आधारित डान्सिङ रियालिटी शो ‘बुगी उगी’ बिजेता कविता यतिखेर म्युजिक भिडियोहरुमा ब्यस्त हुन थालेकी छिन् । एक पछी अर्को गर्दै धेरै भिडियोमा उनी ब्यस्त हुन थालेकी हुन ।

उनको पछील्लो पटक ‘आँखैमा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। जसमा कवितालाई डान्सिङमा सरोज मोक्तानले साथ दिएका छन् ।बेनिशा पौडेलको स्वरमा रहेको गीतमा शान्ति प्रियको शब्द र दीपक शर्माको संगीत रहेको छ । गीतमा उदयराज पौडेलको एरेन्ज र श्यामश्वेत रसायलीको मिक्सिङ तथा मास्टरिङ छ । टेकेन्द्र शाहको निर्देशन तथा सम्पादन रहेको गीतको भिडियोलाई उत्सव दाहालले छायांकन गरेका हुन्।

About the author

Artist Sansar