Gauri Malla

Written by Artist Sansar

Legend Actress

नेपाली चलचित्र उध्योगमा विशिष्ट स्थान ओगट्न सफल अभिनेत्रीहरुमध्येकी एक सफल अभिनेत्री हुन्- गौरी मल्ल ।

प्रकाश थापाको खोज भनेर चिनिने गौरी मल्लको अभिनययात्रा चलचित्र ‘सन्तान’बाट सुरुगर्नु भएको हो । लोकप्रिय नायिका गौरी मल्लले फिल्ममा विभिन्न भूमिका निर्वाह गरेकी छिन । कहिले प्रेमिका, कहिले श्रीमती, कहिले विधवाको,कहिले एक्लो महिला त कहिले प्रहरी । अधिकांश भुमिकामा जस्ताको तस्तै प्रस्तुत गर्न सफल एक्टिंग क्वीन गौरी मल्लले करिब ५५ चलचित्रमा कुशल अभिनय गरिसक्नु भएको छ।

२०५२ सालमा चार बर्षको गुपचुप प्रेम पक्षात राजन भण्डारीसंग प्रेमविवाह गर्नुभएकि गौरीको हाल बैबाहिकसम्बन्ध टुटिसकेको छ ।

बाल्यकाल

गौरी मल्ल बाबु धनबहादुर मल्ल र आमा हेमकुमारी मल्लको कोखबाट बि.सं २०२३ साल माघ २ गते (जनवरी १५) मा काठमाडौंको बाँसबारीमा जन्मनुभएको हो । कान्ति ईश्वरी विद्यालयमा प्रारम्भिक शिक्षा लिनुभएकी गौरोको बाल्यकाल बाँसबारीमै बितेको थियो । उनको बुबा सेनामा हुनुहुन्थ्यो। त्यसैले बुबाको सरुवासँगै उहाँ को पनि सरुवा हुन्थ्यो । पाल्पाको त्रिभुवन कलेजमा दुई वर्षको पढाईपछि पछि उहाँ काठमाडौं आउनुभएको थियो । केटाकेटीमा कलाकार बन्ने वा अभिनयको शोख भने उनिमा थिएन । फिल्मप्रेमी भने अवश्य थिइन् । बुबासित हलमा गएर धेरै फिल्म हेरिन् उनले। उनलाई मन पर्ने, नपर्ने केही थिएन। बस् हेर्न पाए पुग्यो।

अत्याधिक गीत सुन्ने र गाउन मन पराउने बानीका कारण कतिपल्ट बुबाको गाली खाने गौरीको स्कुल र कलेज पढ्दा खेलकुदमा रुचि थियो । ब्याडमिन्टन र भलिबल खेलाडी उनि स्कुल पढ्दादेखिनै गित-कविताहरु लेख्ने गर्दथिन् । प्रकृतिका बारेमा सृजना गर्न रुचाउने गौरीले केहि गितहरु रेकर्ड समेत गराएकि छिन ।

चलचित्र यात्रा

नेपाली फिल्म उद्योगमा गौरीको प्रवेश ‘सन्तान’ चलचित्रबाट भएको थियो । २०४३ सालमा पाल्पाबाट काठमाँडौ आएकोबेला कलाकार वसुन्धरा भुसालबाट ‘सन्तान’ चलचित्रको लागि कलाकारको व्यापक खोजी भइरहेको उनले थाहा पाएकी थीईन् । वसुन्धरा भुसालको सहयोग एबं प्रेरणाले कलाकार बनेकी गौरीको त्यतिबेला आउट लुक राम्रो थिएन । हिरोइनमा हुने तामझाम पनि थिएन । निर्माताहरुले नो भन्न नसकेर स्क्रीन टेस्ट लिएका थिए । तर फ्रस्ट टेकमा नै ओके भइन् गौरी ।

‘सन्तान’ हिट भए पनि उनी एक वर्ष खाली भइन्। त्यतिबेला चलचित्र त्यति बन्दैनथ्यो। त्यसपछि उदितनारायण झा र चन्द्रप्रकाश घिमिरेहरु फिल्म बनाउन भनेर तम्सिएका थिए । फिल्ममा उदितको डबल रोल थियो । नवीना र गौरीलाई नायिका बनाइयो। तर, भूमिका त्यति राम्रो नभएकाले गौरीलाई खेल्न मन लागेको थिएन। उनीहरुले गौरीलाई सानो भूमिका भए पनि गर्न सुझाए। त्यसपछि गौरीलाई वसुन्धरा भुसालले वसन्त श्रेष्ठको डान्स सेन्टरमा लगिन्। नाच सिकेपछि वसन्तले भने– तिमी अब काम सुरु गर। नेपाल प्रज्ञा प्रतिष्ठानमा जागिर थालिन् गौरीले। यो २०४५ सालको कुरा हो। त्यसपछि गौरी जीवन संघर्षको अर्को मोडमा पुगिन्। त्यति नै बेला सन्तानका निर्माता भगवानदास श्रेष्ठले जापानको एनएचके टेलिभिजनका लागि नेपालमा क्यामराको सुरुवातबारे एउटा डकुमेन्ट्री खेल्न प्रस्ताब गरे।

५० वटाजति नेपाली चलचित्र खेलिसकेकी छिन् गौरीले। दर्शकले मन पराएको गौरीको फिल्मचाहिं कन्यादान हो। यस्तो लाग्छ, कन्यादान भनेकै गौरी मल्ल हुन । तर उनले चाहिं सन्न्यास, स्वर्ग, नाता, सरस्वती, भीष्मप्रतीज्ञा र वसन्तीलाई राम्रो फिल्म मानेकी छन्। अझ सन्न्यासमा आफूलाई परिपक्व देख्छिन् गौरी।

टेलिचलचित्रमा गौरी

लय संग्रैालाको श्रद्धा गौरीको पहिलो टेलिचलचित्र हो। यो पनि २०४५ सालको कुरा हो। बुढी मान्छेको रोल थियो उनको। त्यसमा उनी पुरस्कृत पनि भइन्। त्यस्तै १० वटाजति टेलिफिल्म खेलेकी छन्। आफूले काम गरेका हिरोमध्ये सरोज खनाल, भुवन केसी, शिव श्रेष्ठ र राजेश हमालसित सहज अनुभव गर्छिन् गौरी। त्यस्तै नायिकामा उनलाई मनपर्ने मिथिला शर्मा हो। निर्देशकमा प्रकाश थापा र उज्ज्वल घिमिरेबाट प्रभावित छिन्। त्यस्तै नीर शाह, छिरिङ रितार शेर्पा र शम्भु प्रधान पनि उनलाई मन पर्छन्। ।

गौरी मल्ल सुपर स्टार हुँदाहुँदै पनि गौरी नेपाल छाडेर ब्यक्तिगत हिसाबमा जापान पुगिन् । पाँच वर्ष जापान बसिन् गौरी । हाल अमिरिकामा बसोबास गरिरहनुभएकि गौरी मल्लले भारत, पाकिस्तान, थाईल्यान्ड, सिंगापुर, हङ्कङ, ब्रुनाई, जर्मन, हल्यान्ड, कतार, चिन लगायतका मुलुकहरुको भ्रमण गरिसक्नु भएको छ ।

About the author

Artist Sansar