Basundhara Bhusal

Written by Artist Sansar

Comedy Actresses

Artist Biography | Basundhara bhusal

Personal

Date of Birth/ Place :2007 Falgun
Relationship status: Married
Spouse/ Partner: Chet narayan Bhusal

जिबनी 


बाल्यकालदेखि नै जुन विषयमा मानिसको भित्री इच्छा, झुकाव र त्यसप्रतिको समर्पणभाव हुन्छ, भविष्यमा मानिस त्यही क्षेत्रमा स्थापित हुन्छ । यसका लागि आफ्नो रुचि जे-जस्तो भए पनि पढाइ र अनुशासनलाई भने कसैले पनि छाड्नु हुँदैन । यी दुवै कुरालाई विशेष महत्व दिई अत्यन्त धैर्यशील, संयमशील र मिलनसार भएर अघि बढ्दै आफ्नो रुचिको विषयलाई पनि समानरूपमा निरन्तर अघि बढाउँदै लगेमा नै मानिसले लक्ष्य प्राप्त गर्नसक्छ । यसको उदाहरण बन्नु भएको छ :-नेपाली चलचित्र क्षेत्रकी प्रथम तथा प्रख्यात हास्य अभिनेत्री बसुन्धरा भुसाल ।

बाल्यकाल 

पिता सानुमान सिंह र माता बुद्धकुमारी सिंहकी सुपुत्री बसुन्धरा भुसालको जन्म वि.सं. २००७ साल फागुन महिनामा (शिवरात्री पर्वको रात) काठमाडौँको क्षेत्रपाटी भन्ने ठाउँमा भएको हो । ५-६ वर्ष पनि पुग्दा-नपुग्दै अभिनय गर्न थाल्नुभएकी बसुन्धराले पढाइलाई पनि सँगसँगै अगाडी बढाउनु भएको थियो ।

चलचित्र यात्रा 

चलचित्र क्षेत्रमा प्रवेश गर्नुअघि उहाँले विभिन्न नाटक, नृत्य र प्रहसनहरूमा आˆनो अभिनय क्षमता प्रदर्शित गर्दै आउनुभएको थियो । उहाँले १४ वर्षको उमेरमा, वि.सं. २०२२ सालमा निर्मित नेपालको पहिलो चलचित्र ‘आमा’ बाट पहिलो  हास्य अभिनेत्रीकारूपबाट पहिलो पटक अभिनय गर्ने अवसर पाउनु भएको हो । ‘आमा’ चलचित्रको निर्माण र प्रदर्शनपछि उहाँको अभिनयलाई दर्शकहरूले खुबै मन पराए । यसपछि उहाँको जीवन अभिनय क्षेत्रमै समर्पित भएर लागिपर्‍यो ।

वि.सं. २०३६ सालमा एस.एल.सी उत्तीर्ण गरी रत्नराज्यलक्ष्मी क्याम्पसबाट आइ.ए.सम्मको अध्ययन गर्नु भएकी बसुन्धराले १०० वटा चलचित्र, ४० वटा नाटक, २५ वटा गीति नाटक, ६२ वटा टेलिफिल्ममा आˆनो अभिनय क्षमता प्रदर्शित गरिसक्नु भएको छ । “अभिनय मानव जीवनको आत्मा हो” पनि भन्नु हुने बसुन्धरा भुसालले जर्मनी, बेलायत, अमेरिका, थाइलैण्ड,  हङ्कङ् आदि मुलुकको भ्रमण गरिसक्नु भएको छ ।

पुरस्कार तथा सम्मान 

चरित्र अभिनेत्रीका रूपमा लामो समय नेपाली चलचित्रमा काम गरे बापत बसुन्धरा भुसाललाई ५० हजार रुपियाँ राशिको ‘नई खरा प्रदीप्ति पुरस्कार’  ,२०४९ सालमा प्रवल गोरखा दक्षिण वाहु चौथा, २०५९ सालमा वीरेन्द्र-ऐश्वर्य सेवा पदक र २०२४ सालमा महेन्द्ररत्नभूषणले सम्मानित भइसक्नु भएको छ । यसका अतिरिक्त उहाँले झण्डै तीन दर्जन जति अन्य विविध पुरस्कार र सम्मान प्राप्त गरिसक्नु भएको छ ।

बसुन्धरा भुसाल अभिनित चलचित्र

आमा २०२२, मनको बाँध,परालको आगो, जीवनरेखा, सन्तान, कन्यादान, दाजुभाइ, लक्ष्मणरेखा, नैना रेशम  , हिम्मत-२,  दुई पल, जलजला,शासन, पल, आमाको आशीर्वाद, मातृभूमि, आगो, नाता रगतको ,आफ्नोपन  लगायत १०० भन्दा बढि ।

About the author

Artist Sansar